कार्यालय प्रयोगबारे दाहाल-वैद्यपक्षबीच भिडन्त रोक्न कार्यालयमा ताला

E-mail Print
(2 votes, average 5.00 out of 5)
केपी ढुंगाना, काठमाडौं, असार ७ - भर्खरै गठन भएको नेकपा-माओवादी र एकीकृत नेकपा माओवादीबीच भिडन्त हुने स्थित पैदा भएपछि प्रहरीले माओवादीको कर्मचारी संगठन रहेको कार्यालय नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा वैद्यपक्षलाई कार्यालयबाट निकाली ताला लगाइएको हो।
 
मोहन वैद्यको नैतृत्वमा हालै गठित नेकपा-माओवादीले नियन्त्रणमा लिएको माओवादीको कर्मचारी संगठनको कार्यालय संस्थापन दल एकीकृत नेकपा माओवादीका समर्थकले कब्जा गर्न प्रयास गरेपछि प्रहरीले कार्यालयमा ताल्चा मारेको हो। दुबै पक्षबीच कार्यालय कब्जाको प्रतिस्पर्धामा झडप हुने सम्भावना बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा प्रहरीले वैंद्यपक्षलाई कार्यालयबाट बाहिर निकालेर ताल्चा लगाएको थियो।

कार्यालयको विषयमा दुबै पक्षबीच दिनभर नारावाजी र प्रदर्शन भएको थियो। पर्यटन वोर्डसँगै रहेको कार्यालय माओवादीले कर्मचारी संगठनका लागि प्रयोग गर्दै आएको थियो। महनगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता धीरजप्रताप सिंहले स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले कार्यालय खाली गराई ताल्चा लगाएर नियन्त्रणमा लिएको बताए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता