Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

मुठभेडबाट बच्न चुनाव : उपप्रधानमन्त्री गच्छदार

E-mail Print
(1 vote, average 3.00 out of 5)
अजित तिवारी, विराटनगर, असार ७- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले मुलुकलाई राजनितिक मुठभेडबाट जोगाउन सरकारले अर्को संविधान सभा चुनावको घोषणा गरेको बताएका छन्। मुलुकलाई मुठभेडमा जानबाट रोकेकाले राजनीति दलहरुको सहमतीमै चुनाव सम्पन्न हुने उनको भनाई थियो।
 

‘संविधान सभाको अर्को चुनावको घोषणा नगरेको भए देशमा संवैधानिक संकट आउँथ्यो'-गच्छदारले उनकै पार्टी मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)ले बिहीबार विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेलामा भने, ‘त्यो संकटको फाइदा उठाउँदै मुलुम मुठभेडमा जाने सम्भावना थियो, चुनावको घोषणाले त्यसलाई रोकेको छ।'

गच्छदारले संघीयता बिनाको संविधानले मुलुकलाई सधैंका लागि मुठभेडमा धकेल्ने दाबी गरे। ‘संघीयता बिनाको संविधान कसैले मान्दैन'-उनले भने, 'नाम बिनाको ११ प्रदेश हामीले नमानेकाले त्यो तुहिएको हो।' उनले संविधान सभाबाट संविधान जारी नभएपछि बिभिन्न जातजातिबीच भिडन्त हुने र मुलुक ठुलो दुर्घटनामा फस्ने भएकाले निर्वाचनको घोषणा गरेकोले सवैले सहयोग गर्नुपर्ने बताए।

‘मंसिर ७ गतेको संविधान सभाको चुनावलाई सफल बनाउन जुनसुकै सहमति गर्न तयार छु'- गच्छदारले भने, ‘सहमतिको नाममा मधेसलाई विभाजन गर्ने कुरा मधेसी मोर्चालाई स्वीकार्य हुँदैन।' उनको भनाई छ, ‘लोकतन्त्र र प्रजातन्त्रको दुहाई दिने पार्टीहरुले निर्वाचनबाट भाग्नु हुँदैन।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता