Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

कांग्रेसमा जनजातिबारे समिति

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ८ (नागरिक)- कांग्रेसले राज्य पुनर्संरचनामा जातीय पहिचानसम्बन्धी जनजातिका मागमा औपचारिक धारणा बनाउन सुझाव समिति बनाएको छ।
बिहीबार सानेपामा केन्द्रीय समिति बैठकले पुराना कांग्रेसी नेता केन्द्रीय सदस्य भीमबहादुर तामाङको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो।  बैठकले जनजातिका विभिन्न संगठनले यसअघि पार्टीलाई बुझाएका ज्ञापनपत्रको अध्ययन गरी प्रतिवेदन तयार गर्न समितिलाई जिम्मेवारी तोकेको छ।

समितिमा केन्द्रीय सदस्य महेश आचार्य, नरहरि आचार्य, धनराज गुरुङ, उमाकान्त चौधरी, लक्ष्मी राई, सीता गुरुङ, मानबहादुर विश्वकर्मा, मीनेन्द्र रिजाल, भिष्मराज आङदेम्बे र गगन थापा सदस्य छन्।'जनजातिका मागबारे पार्टीको स्पष्ट धारणा बनाउन केन्द्रीय समितिले समिति गठन गरेको छ,' केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीले नागरिकसँग भने, 'समितिले तयार पार्ने प्रतिवेदनले उहाँहरुका माग सम्बोधन गर्नेछ।'

कांग्रेसमा विभिन्न जातिय भ्रातृ संस्था, जनजाति समुदायका पूर्वसभासद तथा केन्द्रीय सदस्यहरुले संघीयतामा एकल जातीय पहिचान स्वीकार नगरिए पार्टी त्याग्ने चेतावनी दिँदै दुई साताअघि ११ बुँदे ज्ञापनपत्र बुझाएका थिए।

उनीहरुले एकल जातिय, भाषिक, सांस्कृतिक र धार्मिक एकाधिकारको अन्त्य गदै जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्न माग गर्दै त्यसबारे पार्टी धारणा मागेका थिए। पार्टीले जनजातिका उद्देश्य र चाहनामाथि कुठाराघात गर्दै आएको ठहर गर्दै जनजातिहरुको एकल जातीय पहिचानसहितको संघीयता स्विकार्न ज्ञापनपत्रमा आग्रह गरिएको छ। 'एकल जातीय पहिचान स्विकार्न हामीले उठाएको विषयमा पार्टी सहमत नहुने हो भने हामी यो पार्टीमा रहिरहन नसक्ने नेतृत्वलाई अवगत गराएका छौं,' पूर्व सभासद जिपछिरिङ लामाले भने।

आदिवासी जनजाति संघ, मगर संघ, किरात संघ, शेर्पा संघ, लोकतान्त्रिक नेवाः खललगायत कांग्रेसका विभिन्न आठ भ्रातृ संस्थासहित जनजाति समुदायका पूर्वसभासद, केन्द्रीय सदस्यसहित १ सय २२ जनाले संयुक्त हस्ताक्षर गरी ज्ञापनपत्र बुझाएका थिए। जेठ १४ गते राति संविधानसभा विघटन हुनुमा संघीयताका विषयमा कांग्रेसका शीर्षनेतामा देखिएको संकीर्णता मुख्य कारण रहेको जनजाति नेताको निष्कर्ष छ।

पार्टीले तत्काल गर्नुपर्ने भनी महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रस्तुत गरेको पार्टी संगठनका गतिविधिबारे ११ बुँदे कार्यक्रम पारित गरी तत्काल कार्यान्वयनमा लैजाने बैठकले निर्णय गरेको छ। बैठकले अवरुद्ध लडाकु समायोजनका काम तत्काल अघि बढाउन माग गरेको छ। 'कब्जा घरजग्गा फिर्तालगायत शान्ति प्रक्रियाका बाँकी काम माओवादी पार्टी एवं उसको नेतृत्वको सरकारले कार्यान्वयन नगरेकोमा गम्भीर आपत्ति प्रकट गर्दै बैठकले विगतका सहमतिबमोजिम तत्काल कार्यान्वयन गर्न ध्यानाकर्षण गरेको हो।


चितवन कांग्रेसमा गुरुङ
कांग्रेसले तत्कालीन तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको हत्यापछि विवादमा परेको चितवन पार्टी जिल्ला कार्यसमिति भंग गरी नयाँ तदर्थ समिति गठन गरेको छ।

बिहीबार पार्टी मुख्यालय सानेपामा बसेको कैन्द्रीय समितिले पूर्वसभापति टेकप्रसाद गुरुङको संयोजकत्जमा १५ सदस्यीय अधिवेशन तयारी समिति गठन गरेको हो।
समितिलाई भदौ २९ गते जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ। केन्द्रीय समितिले गठन गरेको तदर्थ समितिमा उमा रेग्मी, तीर्थराज भुसाल, शेषनाथ अधिकारी, पृथ्वीमान गुरुङ, सावित्री बोगटी पाठक, राजेन्द्रप्रसाद चौधरी, रामबहादुर लामा, भीमप्रसाद थपलिया, अञ्जनी श्रेष्ठ, शिवनारायण महतो, भृकुटी पौडेल, कमल आचार्य, चिनबहादुर प्रजा र शान्ति परियारलाई सदस्य मनोनयन गरिएको छ।

निर्वाचनका लागि अधिवक्ता यदुनाथ खनाललाई निर्वाचन अधिकृतसमेत तोकेको छ। 'चितवन कार्यसमिति निर्वाचन भदौ २९ मा हुन्छ। निर्वाचन सम्पन्न गर्न अधिवक्ता यदुनाथ खनाललाई केन्द्रीय निर्वाचन अधिकृत तोकिएको छ,' केन्द्रीय समिति निर्णयमा भनिएको छ।


कांग्रेस केन्द्रीय समितिको बुधबार बसेको बैठकले पार्टी विधानको धारा ४३ बमोजिम चितवन जिल्ला कार्यसमिति भंग गरेको थियो। तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको हत्यामा अप्रत्यक्ष सहयोग गरेको भन्दै चिवतन कांग्रेस सभापति विकास कोइरालामाथि केन्द्रीय समितिले तीन दिनअघि स्पष्टीकरण सोधेको थियो। कोइरालाको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले केन्द्रीय समितिले उनको नेतृत्वको समिति बुधबार विघटन गरेको थियो।


पौडेलको हत्यामा जिल्ला पार्टीको नेतृत्व सहभागि छ/छैन भन्ने अध्ययन गर्न गठित महामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वको समितिले अप्रत्यक्ष संलग्नता ठहर गर्दै सभापतिलाई निलम्बन वा कार्यसमिति विघटनको सुझाव दिएको थियो। सिटौला प्रतिवेदनकै आधारमा केन्द्रीय समिति बैठकले जिल्ला समिति भंग गरेको हो। पुसमा चितवन कारागारमा पौडेलमाथि आक्रमण भएको थियो। गम्भीर घाइते पौडेलको उपचारका क्रममा राजधानीको न्युरो अस्पतालमा निधन भएको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता