Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

मंसिरमा चुनाव सम्भव छैन : निर्वाचन आयुक्त

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ८ (नागरिक)- निर्वाचन आयोगका आयुक्त अयोधीप्रसाद यादवले कानुनी तथा राजनीतिक विषयमा दलहरूबीच तत्काल सहमति नभए मंसिर ७ को संविधानसभा चुनाव असम्भव रहेको बताएका छन्। कानुनी जटिलता हटाएपछि चुनाव तयारीका लागि १ सय २० दिन लाग्ने बताउँदै तोकिएको समयमा चुनाव गर्न सरकारले साउन ७ भित्र संविधान र ऐन संशोधन सम्बन्धी काम गरिसक्नुपर्ने उनले बताए।

राजधानीमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै यादवले बुधबार बसेको आयोग बैठकले यस विषयमा सरकारलाई ध्यानाकर्षण गराइसकेको जानकारी दिए। 'साउन पहिलो साताभित्र कानुनी जटिलता हटाउन सरकारलाई भनिसकेका छौं,' यादवले भने 'अड्चन फुकाइसकेपछि १ सय २० दिन समय रहेन भने तोकिएको समयमा संविधानसभाको चुनाव असम्भव छ।'

स्वतन्त्र र निष्पक्ष चुनावका लागि आयोगले लागू गरेको आचारसंहिता सरकारले पूर्ण रूपमा पालना गर्नुपर्ने उनले जनाए। 'आचारसंहिता कार्यान्वयन भए/नभएको हेर्न प्रभावकारी अनुगमनमा लागेका छौं,' उनले भने 'यसका लागि सरकार सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ।' आयोगको सहमतिबिनै चुनावलाई प्रभाव पार्ने गरी वरिष्ठ प्रहरी अधिकृतको सरुवा गरिएकाले खारेजीका लागि निर्देशन दिइएको उनले बताए। उनले भने, 'एआइजी र डिआइजी सरुवाबारे सहमति दिएका छैनौं।' उनका अनुसार प्रहरी अधिकारीको सरुवा फिर्ता नभए आयोगले कडा कदम चाल्नेछ।

आयोगले हालसम्म १ सय ७ वटा निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी परेको बताएको छ। आयोगका प्रवक्ता शारदा त्रितालले भने 'उजुरीबारे अध्यन गरी निर्णय लिइनेछ ' संविधानसभा निर्वाचनका लागि अन्तरिम संविधानको धारा ३३, ६३ र १५४ संशोधनका लागि कानुन संसोधनको मस्यौदा तयार पारी गृह मन्त्रालय पठाइएको उनले बताए।

संविधानको धारा ३३ मा २०६४ सालभित्र संविधानसभा निर्वाचन गर्ने र ६३ अनुसार २०६३ साल मंसिर मसान्तमा १८ वर्ष उमेर पुगेकालाई मात्र मताधिकार प्राप्त हुने उल्लेख छ। संविधानको उक्त धारा संशोधन नभए झन्डै १० लाख मतदानबाट वञ्चित हुनेछन्। प्रतिपक्षी दलको कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको भन्दै कारबाहीमा परेका नेपाल टेलिभिजनका निमित्त महाप्रबन्धक दीपकमणी धिताललाई हटाइएकोबारे आयोगले छानबिन थालेको उनले बताए।

'निर्वाचन हुँदै हुँदैन'
भूमिसुधार मन्त्री चन्द्रदेव जोशीले मंसिर ७ मा कुनै पनि हालतमा संविधान सभाको निर्वाचन नहुने ठोकुवा गरेका छन्। चुनावका लागि सबैभन्दा पहिले दलीय सहमति आवश्यक रहेको उनले बताए। उनले भने 'सहमति भइहाले पनि संविधान संशोधन लगायत कानुनी अड्चन फुकाउन समय लाग्छ। दलहरूबीच सहमति हुने सम्भावना नदेखिएकाले मंसिर ७ मा चुनाव हुन सक्दैन।' अहिलेसम्म निर्वाचित हुने सभासद्को संख्या, मतदाताको उमेर, निर्वाचनको मोडालिटीबारे टुंगो लागेको छैन।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता