Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

तेस्रो लिंगीलाई पहिचानसहित नागरिकता

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ८ (नागरिक)- तेस्रो लिंगीले पनि अब पहिचान खुलेको नागरिकता पाउने भएका छन्। सरकारले बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् तेस्रो लिंगीलाई 'अन्य' भनेर नागरिकता दिने व्यवस्था मिलाएको छ।

'तेस्रो लिंगीलाई पहिचानसहितको नागरिकता दिन नागरिकता नियमावलीको अनुसूचीमा संशोधन भएको छ,' गृह मन्त्रालयका प्रवक्ता शंकर कोइरालाले भने, 'अब ७५ वटै जिल्ला प्रशासन कार्यालयबाट तेस्रो लिंगीले पहिचानसहितको नागरिकता पाउनेछन्।' यो निर्णय तत्काल कार्यान्वयन हुने उनले बताए।

तेस्रो लिंगीले पहिचान खुलेको नागरिकता माग्दै दायर गरेको रिटमा सर्वाेच्चले २०६४ पुसमा उनीहरूको पक्षमा फैसला सुनाए पनि सरकारले बिहीबार त्यसअनुसार अनुसूचीमा परिवर्तन गरेको हो।

प्रकाशित सूचनाअनुसार नागरिकता नियमावलीको अनुसूची ७ र १२ मा तेस्रो लिंगीलाई छुट्टै पहिचान दिन छोरा र छोरीको सट्टा छोराछोरी र अन्य राखिएको छ। तेस्रो लिंगीहरू पुरुष समलिंगी, महिला समलिंगी, छोरी स्वभावको छोरा, छोरा स्वभावको छोरी र अंगनै अस्पष्ट भएको अन्तरलिंगी गरी पाँचथरी हुन्छन्। पाँचथरी समूह उल्लेख गर्न सम्भव नभएकाले सरकारले निलहीरा समाज लगायत सरोकारवालासँग छलफल गरी यस्तो व्यवस्था गरेको मन्त्रालयका एक अधिकारीले बताए।

न्युजील्यान्ड, अष्ट्रेलिया, अमेरिका, अर्जेन्टिनालगायत मुलुकमा तेस्रोलिंगीलाई अन्य भनेर छुट्टै पहिचानसहितको नागरिकता दिने चलन छ।

 

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता