Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

१९ जनवर्गीय संगठनका अध्यक्ष वैद्यतिर

E-mail Print
(1 vote, average 5.00 out of 5)
काठमाडौं, असार ८ - एकीकृत माओवादीका २६ मध्ये १९ जनवर्गीय संगठनका अध्यक्षले नवगठित नेकपा-माओवादीमा गएका छन्। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मोहन वैद्य नेतृत्वको नयाँ माओवादीको पक्षमा खुलेका हुन्।

दलित मुक्ति मोर्चाका अध्यक्ष तिलक परियारले पत्रकार सम्मेलनमा २६ जनवर्गीय संगठनमध्ये १९ का अध्यक्षहरू नवगठित माओवादीमा रहेको बताए। उनका अनुसार महिला, दलित, पत्रकार, शिक्षक, कर्मचारी, खेलाडी, स्वास्थ्यकर्मी, प्राध्यापक, जनसांस्कृतिक महासंघ, आदिवासी-जनजाति महासंघ, उद्योग व्यापार महासंघ, बेपत्ता परिवार समाजलगायतका अध्यक्षले नयाँ पार्टीमा ऐक्यबद्धता जनाएका हुन्।

सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, 'नवगठित नेकपा-माओवादीलाई दृढ समर्थन गर्दै यस पार्टीले प्रतिपादन गर्ने रणनीति, कार्यदिशा, कार्यनीति, कार्ययोजना र संघर्षका कार्यक्रममा दृढ समर्थन रहनेछ।' विज्ञप्तिमा एकीकृत माओवादी नेतृत्व संसदवाद, वर्गीय आत्मसमर्पणवाद र राष्ट्रिय आत्मसमर्पणवादमा फसेको उल्लेख आरोप छ।
एकीकृत माओवादीको पक्षमा विद्यार्थी, मजदुर, किसान, बुद्धिजीवी, सुकुम्बासी र भूतपूर्व सैनिक संगठनका अध्यक्ष देखिएका छन्। -रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता