Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

माओवादी नेतृत्‍वको सरकार औचित्यहीन : देउवा

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ८- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत मा‌ओवादीले पुनः संविधान बनाउने भन्दै आफूले नै नेतृत्व गर्ने भनाइ राख्‍नु औचित्यहीन भएको बताएका छन्। उनले माओवादीकै कारण चार वर्षमा पनि संविधान नबनेको आरोप लगाए।
 

लोकतान्त्रिक गैरसरकारी संस्था महासङ्घ (फेडेन)को राष्ट्रिय भेलाको उद्‍‍घाटन गर्दै उनले नयाँ संविधान लेखनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुको विकल्पसमेत नरहेको बताए।

उनले जनतासँग प्रत्यक्ष सम्बन्ध राख्‍ने सशक्त र प्रभावकारी माध्यम नै मुलुकका गैरसरकारी संस्था भएकाले अहिले सरकारभन्दा गैरसरकारी संस्था बलियो भएको स्थितिमा तिनलाई प्रभावकारी बनाउन आवश्यक भएको पनि बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले गैरसरकारी क्षेत्रलाई लोकतान्त्रिक पद्धति र विधिअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले अहिले मुलुकमा विदेशी दातृ निकायले विभिन्न जातजातिको अनुसन्धान र विश्लेषण गर्ने नाममा जातजातिबीचमा फुटको राजनीति गर्ने परम्परालाई अगाडि बढाएकाले त्यसतर्फ चनाखो हुनुपर्ने औंल्याए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता