Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

सहमति, सहकार्य र मेलमिलापमा जोड दिन कङ्ग्रेस सभापतिको आग्रह

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ८- नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले सहमति, सहकार्य, एकता र मेलमिलापले मात्रै मुलुकलाई सङ्कटबाट बचाउन सकिने बताएका छन्। कोइराला निवास महाराजगन्जमा आज विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउँदै प्रजातन्त्रलाई स्थायित्व दिएर अगाडि बढ्नसके मात्र मुलुकको द्रूत विकास सम्भव भएको बताए।

सभापति कोइरालाले वर्तमान संवैधानिक र कानुनी सङ्कट कायम रहे मुलुक अस्थिरताको अखडा बन्ने खतरा औँल्याउँदै वर्तमान राजनीतिक गतिरोध कुनै पनि पार्टीको हितमा नहुने विचार व्यक्त गरे।

कार्यक्रममा पार्टी सभापति कोइरालाले मधेसी जन अधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय नेता तथा म्याग्दीका केही युवालाई अबिर लगाएर पार्टीमा प्रवेश गराएका थिए। पार्टीमा प्रवेश गर्नेमा फोरम (लोकतान्त्रिक)का केन्द्रीय सल्लाहकार केबी भण्डारी, म्याग्दी जिल्लाका नेकपा (एमाले)का नेता भवबहादुर भण्डारी, सुदीप शाही, तोरण शाहीलगायत ३१ जना छन्। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता