विश्वासको संकटले अन्यौल : एमाले नेता नेपाल

Friday, 22 June 2012 19:44 नागरिक
Print
(0 votes, average 0 out of 5)
अजित तिवारी, विराटनगर, असार ८- नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलहरुबीच विश्वासको संकट गहिरिएकाले मुलुकमा अन्यौल बढेको बताएका छन्। अहिलेको प्रमुख समस्या विश्वासको संकट भएको भन्दै उनले दलहरुबीच सहमति भए वर्तमान संकटको निकासको बाटो निस्कने बताए।
 

विराटनगरमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले सहमति गर्ने तर कार्यान्वयन नगर्ने माओवादी रवैयाका कारण आफूहरु धेरै पटक ठगिएको दाबी गरे। ‘सहमतिको कोसिस गर्दैछौं, फेरि ठगिए दुनियाँलाई भन्छौं'-नेपालले भने।

उनले संविधानमा नमिलेका कुरा राजनीतिक सहमतीबाट निकाल्न सकिने भन्दै त्यसका लागि सत्तारुढ दलहरु सहमतिमा आउनुपर्ने जिकिर गरे।