बजेटबारे सहमति जुटाउन अर्थमन्त्री पुन र दाहालबीच भेट

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ९- आर्थिक वर्ष २०६९/०७० को बजेटमा सहमति जुटाउनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग निरन्तर भेटघाट गर्दै आएका अर्थमन्त्री वर्षमान पुनले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्।
 

दाहाल निवास लाजिम्पाटमा भएको भेटमा राजनीतिक सहमतिमै बजेट ल्याउनका लागि सहयोग गर्न अर्थमन्त्री पुनले अध्यक्ष दाहाललाई अनुरोध गरेको अर्थसचिव कृष्णहरि बास्कोटाले जानकारी दिए।

राजनीतिक सहमतिमा नै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूले जोड दिएको सर्न्दभमा माओवादी अध्यक्ष दाहालले पनि सहमतिकै आधारमा बजेट ल्याउनका लागि आफू र आफ्नो पार्टी सकारात्मक रहेको बताएका थिए।

व्यवस्थापिका संसद नरहेको सर्न्दभमा राजनीतिक सहमति जुटाएर बजेटका लागि बाटो खोलिदिन हामीले माओवादी अध्यक्ष दाहाललाई अनुरोध गर्‍यौं, उहाँले त्यसका लागि आफू तयार रहेको र अन्य दलसँग पहलसमेत गरिरहेको जानकारी दिनुभयो,' भेटपछि अर्थसचिव बास्कोटाले जानकारी दिए।

राष्ट्रिय योजना आयोगले ४२९ अर्बको सिलिङमा बजेट ल्याउन निर्देशन दिएको र सोही आधारमा बजेट निर्माण भइरहेको अध्यक्ष दाहाललाई जानकारी गराइएको अर्थसचिव बास्कोटाको भनाइ छ।

सो अवसरमा अध्यक्ष दाहालले बजेटको सवालमा राष्ट्रिय सहमति निर्माण गरेर नै अगाडि बढ्ने र त्यसका लागि आफ्नो प्रयास एकदमै सकारात्मक रहने बताएका थिए।

उहाँले अरू राजनीतिक विषयमा राजनीतिक दलहरूका बीचमा असहमति भए पनि आर्थिक विषयमा दलहरूका बीच साझा सहमति रहनुपर्छ भन्नेमा माओवादी प्रस्ट रहेको बताएका थिए।

भेटमा अर्थमन्त्री पुनले अर्थमन्त्रालयले बजेटका सर्न्दभमा गरिरहेको कामबारे जानकारी गराउँदै अरू राजनीतिक दलहरूलाई सहमति जुटाइदिन आग्रहसमे गरेका थिए।

बजेट निर्माणमा सहमति जुटाउने प्रयास सुरु गरेका अर्थमन्त्री पुनले हिजो एमाले अध्यक्ष झलनाथ खनाल र अस्ति नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग भेटवार्ता गरेका थिए। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता