सूर्यबहादुर थापा घर फर्के

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ९ (नागरिक)- मुटुमा समस्या भएपछि नर्भिक अस्पताल भर्ना भएका राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा स्वास्थ्यलाभ गरी आज घर फर्किएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टी संयुक्त कार्यसम्पादन समितिको बैठकको अध्यक्षता गरिरहेको समयमा जेठ २७ गते अकस्मात बेहोस भएपछि श्री थापालाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

उनलाई सो अस्पतालका वरिष्ठ चिकित्सक भरत रावत तथा भारतबाट आएका वरिष्ठ चिकित्सकहरु आरआर कास्लिवाल र नगेन्द्र चौहानसहितको टोलीले उपचार गरेको थियो।

अध्यक्ष थापालाई सो अस्पतालमा शल्यक्रिया गरी पेसमेकरसमेत जडान गरिएको छ। उन अहिले पूर्णरुपमा स्वस्थ रहनुभएको अध्यक्ष थापाका छोरा सुनिलले जानकारी दिए। अस्पतालबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग सङ्क्षिप्त भेटघाटमा अध्यक्ष थापाले धैर्य र संयमतापूर्वक अविचलित रही उपचारमा संलग्न रहेर आफ्नो स्वास्थ्यस्थितिमा उल्लेखनीय सुधार ल्याउन 'जीवनदाता' भूमिका निर्वाह गरिएको भनी चिकित्सकहरुप्रति विशेष आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता