प्रधानमन्त्री भट्टराई र अस्ट्रेलियन प्रधानमन्त्री गिलार्डबीच भेट

E-mail Print
(1 vote, average 5.00 out of 5)
रियो दि जेनेरियो (ब्राजिल), असार ९ - अस्ट्रेलियन प्रधानमन्त्री जुलिया गिलार्डले नेपालको विकासका लागि आगामी दिनमा अझ सहयोग बढाउने बताएकी छिन्। दिगो विकाससम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिनका लागि ब्राजिलको रियो दि जेनेरियोमा रहेका प्रधान मन्त्री बाबुराम भट्टराईसँग भएको भेटमा उनले उक्त कुरा बताएकी हुन्।

अस्ट्रेलिया सरकार नेपालमा आगामी दिनमा सहयोग बढाउन तयार रहेको र नेपालको आर्थिक समृद्धि होस् भन्नेमा आशावादी रहेको प्रधानमन्त्री गिलार्डले बताएको प्रधानमन्त्री भट्टराईले जानकारी दिए।

नेपालको पर्यटन, जलविद्युत् क्षेत्रमा सहयोग अभिवृद्धि गर्न तयार रहेकामा जोड दिँदै आर्थिक समृद्धिका साथसाथै कृषिमा आधुनिकता भित्र्याउनका लागि पनि सहयोग गर्ने बचन उनले दिएको भट्टराईले बताए।

सो अवसरमा दुई नेताबीच द्विपक्षीय हित र सहयोग आदानप्रदान गर्ने विषयमा महत्वपूर्ण कुराकानी भएको प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेलले जानकारी दिए।

भेटवार्तामा प्रधानमन्त्री भट्टराईले नेपाल शान्तिप्रक्रिया र संविधान निर्माणको सङ्क्रमणकालीन अवस्थामा रहे पनि छिट्टै त्यसबाट मुक्त हुने र त्यसका लागि नेपालका मुख्य सरोकारवाला सचेत भएको जानकारी गराएका थिए। -रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता