उग्रवामपन्थी सोचबाट संविधानसभा अन्त्य भयो : अध्यक्ष खनाल

E-mail Print
(1 vote, average 1.00 out of 5)
काठमाडौँ, असार ९ - नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले वामपन्थी आन्दोलनबाट उठान भएको संविधानसभा उग्रवामपन्थी भड्काउबाट अन्त्य भएको बताएका छन्। "आन्दोलनबाट जन्म भएको संविधानसभालाई एमाओवादीको उग्रवादले अन्त्य गर्‍यो, वाम इतिहासमा कलङ्कका रुपमा चित्रण हुनेछ," उनले भने।

नेकपा (एमाले) सम्पर्क विभागद्वारा आज पार्टी मुख्यालयमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसलाई संविधानसभा र गणतन्त्रमा आउन कम्ती सकस परेन? के उनीहरु सजिलै ती दुई राजनीतिक धारमा आएका थिए? यो कुरालाई किन एमाओवादीले समयमै बुझेन? भन्दै प्रश्न गरे।

मुखमा संविधानसभा जप्ने र व्यवहारमा संविधानसभा नचाहने दोहोरो चरित्र एमाओवादीले देखाएकै कारण उसले संविधानसभाको हत्या गरेको आरोप उनले लगाए।

संविधानसभाबाटै संविधान घोषणा हुने सम्भावना हुँदाहुँदै एमाओवादीले संविधान र संविधानसभा दुवै नचाहेका कारण मध्यरातमा कसैलाई सुइकोसम्म नदिई नयाँ निर्वाचनको घोषणा गरेको अध्यक्ष खनालले बताए।

अन्तरिम संविधानमा नयाँ संविधानको व्यवस्था नगरेको चर्चा गर्दै उनले प्रधानमन्त्री भट्टराईले असंवैधानिक र अपरिपक्व काम गरेको उल्लेख गरे।

उनले भने- "एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संवैधानिक सङ्कट ल्याएर सत्ता लम्ब्याउने कथित खेलमा लागेका छन् यो सत्तालिप्सा र सङ्कीर्ण खेल नेका र एमालेले सफल हुन दिने छैनन्।"

उग्रवामपन्थी सोचले कथित जनयुद्ध पुनः सुरु गर्ने र उग्र दक्षिणपन्थी सोचले राजतन्त्र फर्काउने र २०४६ को संविधान फर्काउने सपना देखेका छन् यसलाई परास्त गर्न लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक भएको अध्यक्ष खनालले बताए।

उनले राजनीतिक सङ्कट अन्त्यका लागि प्रधानमन्त्री भट्टराईले पदबाट राजीनामा दिनुपर्ने र सहमतिको नयाँ सरकार निर्माण गर्न आवश्यक रहेको बताए।

अध्यक्ष खनालले जातीयभन्दा बहुजातीय आधारमा राज्यको पुनः संरचना गर्न पार्टीले नीति लिएको छ, यो नीतिलाई अर्जुनदृष्टि बनाएर अगाडि बढ्न कार्यकर्तालाई निर्देशनसमेत दिए।

कार्यक्रममा बोल्ने नेताहरुले पार्टीमा वर्गीय हितभन्दा जातीय कुरा उठ्न लागेको भन्दै आफ्ना कुरा सम्बन्धित पार्टी कमिटीमा उठाउन ध्यान दिन आग्रहसमेत गरेका थिए।

नेकपा (एमाले) स्थायी कमिटीका सदस्य अष्टलक्ष्मी शाक्यले आफ्ना असन्तुष्टि पार्टीभित्र सिष्टरुपमा पार्टीभित्रै राख्न कार्यकर्तालाई आग्रह गरे।- रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता