Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

आवेगमा आएर पार्टी फुटाउनेहरुलाई जनताले साथ दिने छैनन् : दाहाल

E-mail Print
(3 votes, average 2.67 out of 5)
काठमाडौं, असार ९- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आवेगको भरमा पार्टी फुटाएर नयाँ पार्टी गठन गर्नेहरुलाई देश र जनाताले साथ नदिने बताएका छन्। उनले सनकको भरमा पार्टी फुटाउनेहरु इतिहासको पानामा मात्रै सिमित भएर जाने चेतावनीसमेत दिए।

काठमाडौं निर्वाचन क्षेत्र नं १० ले आज कीर्तिपुरको पाङ्गामा आयोजना गरेको एक सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वैद्यतिर संकेत गर्दै भने, 'सनकको भरमा पार्टी फुटाउनेहरु इतिहासको पानामा मात्रै सीमित भएर जानेछन्।'

उनले तत्काल पार्टी एकतामा आउन र एकीकृत पार्टीको झण्डामुनि गोलबन्द हुन वैद्य पक्षलाई आग्रहसमेत गरे। 'वैद्य कमरेडलाई तलबाट कोही कसैले घुमाइराखेका छन्,' दाहालले भने, 'घुम्न छोडेर यथार्थतामा आएपछि भएको के रहेछ भनेर उनले थाहा पाउनुहुनेछ।'

जनयुद्ध र जनआन्दोलनको भावनाबाट च्यूत भएर पार्टी नेतृत्वलाई गाली गर्दै पानीमाथिको ओभानो बन्ने र आफूलाई क्रान्तिकारी सावित गर्न खोज्नेहरु आफैँ बिलाएर जाने उनको तर्क थियो।

उनले संविधान निर्माणका लागि प्रमुख दलहरुले राष्ट्रिय सहमति खोज्नुको कुनै विकल्प नरहेको बताए। राष्ट्रिय सहमतिमार्फत् नयाँ संविधान निर्माणमा देखिएका विवाद हल गरेर नयाँ राष्ट्रिय सहमतिको सरकार गठन गर्नसमेत आफ्नो पार्टी तयार रहेको समेत उनले स्पष्ट पारे।

काठमाडौं निर्वाचन क्षेत्र नं १० ले आज कीर्तिपुरको पाङ्गामा आयोजना गरेको एक सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनतालाई अधिकार सम्पन्न बनाउन जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताए।

उनले जनतालाई अधिकार पनि नदिने अनि राजनीतिक निकास पनि निकाल्न नचाहने हो भने त्यसलाई जनताले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए। अरु राजनीतिक दलहरुसँग वार्ता र छलफलको क्रम जारी रहेको बताउँदै उनले त्यसबाट सकारात्मक निकास निस्कने विश्वास व्यक्त गरे।

सहमतिको लागि आफ्नो पार्टी जस्तोसुकै त्याग गर्न पनि तयार रहेको स्पष्ट पार्दै अध्यक्ष दाहालले भने, 'जुन बिन्दुमा पुगेर संविधान सभाको अवसान भएको थियो, त्यही स्थानबाट सहमतिको पहल गरौं, जनतालाई संविधान सभाबाटै संविधान दिऔं, अरु कुनै विकल्प खोज्नुपरे पनि खोजौंला।'

गोलमेच सम्मेलन, आयोगमार्फत् संविधान निर्माण गर्ने कुरा आफ्नो पार्टीलाई कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने तर्क गर्दै अध्यक्ष दाहालले यी कुराले जनतालाई अधिकार सम्पन्न नबनाउने र जनताले फेरि धोका पाउने बताए।

पहिचानसहितको सङ्घीयता एमाओवादीले छोड्यो त्यसकारण एउटै पार्टीमा बस्न सकिँदैन भन्दै प्रचार गर्दै हिँड्नेहरुले देश र जनताको चाहना र भावनालाई बुझ्न नसकेको उनको भनाइ थियो।

क्षेत्र नं १० का जनताले अध्यक्ष दाहालसमक्ष आफ्ना मागसमेत राखेका थिए। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता