Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

राष्ट्रपतिले बाधा अड्काउ फुकाउनुपर्छ : कांग्रेस नेता सिंह

E-mail Print
(4 votes, average 3.00 out of 5)
बनेपा, असार ९- नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले मुलुकलाई सङ्कटबाट पार लगाउन राष्ट्रिय सहमति जरुरी भएको र त्यसका लागि राष्ट्रपतिले बाधा अडकाउ फुकाउन सक्ने बताएका छन्। सहमति भएपछि संविधान संसोधन लगायतका कामसमेत हुन सक्ने उल्लेख गर्दै उनले सहमतिबिना उचित निकास नआउते स्पष्ट पारे।
 

आज बनेपामा नेपाल शिक्षक सङ्घ काभ्रेको १६औं जिल्ला प्रतिनिधिसभा तथा शिक्षक सम्मान समारोहको उद्‍घाटन गर्दै उनले सहमतिका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने दोहोर्‍याए।


महामन्त्री सिंहले माओवादीले सत्ता कब्जा गर्ने उद्देश्यले निर्वाचनको घोषणा गरेको दाबी गर्दै अहिले निर्वाचनको घोषणा विधि र प्रक्रिया पूरा नगरी भएको बताए।

उनले संविधान सभालाई छलेर माओवादीले वर्तमान सङ्कट निम्त्याएको आरोप लगाउँदै आन्दोलन र वार्ताको नेतृत्व नेपाली कांग्रेसले नै लिने बताए। कार्यक्रममा १६४ विशिष्ट शिक्षक सदस्य, २३ दीर्घसेवी शिक्षक, शिक्षक सङ्घका ७० पूर्व पदाधिकारी, सहिद परिवारका चार शिक्षक, शिक्षक सङ्घका तीन पूर्व अध्यक्ष र शिक्षक सङ्घका दुई दिवङ्गत पूर्व अध्यक्षलाई सम्मान गरिएको थियो। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता