Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

२५ भ्रातृ संगठन एकीकृत माओवादीमै

E-mail Print
(1 vote, average 1.00 out of 5)
काठमाडौं, असार १० (नागरिक)-  एकीकृत माओवादीका २५ भ्रातृ तथा जनवर्गीय संगठनले विभाजनकारी कदमबाट विचलित नभई पार्टी नीति तथा कार्यक्रममा आबद्ध हुन सामूहिक आह्वान गरेका छन्।

नवगठित ड्यास माओवादीमा १९ भ्रातृ संगठनका अध्यक्ष रहेको दाबी गरिएपछि एकीकृत माओवादीले शनिबार २५ संगठनका प्रमुख आफ्नो पक्षमा रहेको देखाएको छ।
पार्टीको कार्यदिशाका मूलभूत मान्यतासहित ऐतिहासिक राजनीतिक उपलब्धिलाई निषेध गरिएकाले ड्यास माओवादी विसर्जनवादी भएको २५ संगठनले आरोप लगाएका छन्।
'एकातिर जनयुद्ध तथा जनआन्दोलन-२ को बलमा स्थापित गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायको पक्षमा वकालत गरिएको छ, अर्कातिर, गोलमेच सभाको नारा सारेर घुमाउरो पाराले जनयुद्ध र जनआन्दोलनको उपलब्धी र भावनामाथि प्रहार गरिएको छ,' २५ संगठनको संयुक्त विज्ञप्तिमा छ।
भावी कार्यक्रमबारे अस्पष्टता र अकर्मण्यताले वैद्य पक्षमा विसर्जनवादी सोच हावी भएको आरोप लगाइएको छ। 'विसर्जनवादी सोचले क्रान्तिलाई होइन, प्रतिक्रान्तिलाई सहयोग पुर्‍याउने निश्चित छ,' पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा छ।
पार्टीलाई कमजोर बनाउने सबैखाले गतिविधि निस्तेज पार्न उनीहरूले आह्वान गरेका छन्। 'पार्टी काममा सक्रियतापूर्वक जुट्न सबै तहका कमिटीहरूलाई विशेष निर्देशन गर्दछौं,' विज्ञप्तिमा छ।
ड्यास माओवादीमा गएकाले बाटो बिराएकाले पुनः आफ्नो जिम्मेवारीमा फर्कन आह्वान गरिएको छ। 'फुट र विभाजनको भ्रममा नपरी पार्टीमा गोलबन्द हुन सबै क्रान्तिकारी, देशभक्त तथा परिवर्तनकामी जनसमुदायमा हार्दिक अपिल गर्दछौं,' विज्ञप्तिमा उल्लेख छ।
पार्टीमा शक्तिशाली मानिने मजदुर, विद्यार्थी, किसान, पूर्व जनमुक्ति सेनालगायत २५ संगठनका प्रमुखले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्। १९ संगठनका अध्यक्ष तथा संयोजक ड्यास माओवादीमा गएपछि रिक्त स्थानमा कसैलाई चयन गरिएको छैन। पुरानो संगठनमा रहेका पदाधिकारीले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता