Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Jul 04th

प्रधानमन्त्री भट्टराई आज स्वदेश फर्कँदै

E-mail Print
(1 vote, average 1.00 out of 5)
काठमाडौं, असार ११ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराई ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न दीगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलन 'रियो प्लस ट्वान्टी' मा सहभागी भई सोमबार दिउँसो स्वदेश फर्कँदै छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनी जेट एयरवेजमा पौने तीन बजे काठमाडौं आइपुग्नेछन्।
 

बुधबारबाट सुरु भएको सम्मेलनलाई सोही प्रधानमन्त्री भट्टराईले सम्बोधन गरेका थिए। तीन दिने सम्मेलनको दोस्रो दिन उनले अल्पविकसित राष्ट्र समूह र हिमाली देशहरुको समूहलाई सम्बोधन गरेका थिए।

रियो दि जेनेरियोमा प्रधानमन्त्री भट्टराईले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे, क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रो, भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज, नर्वेका प्रधानमन्त्री जिन्स स्टोल्टनवर्ग, अष्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलाड्स लगायतसँग द्विपक्षीय वार्ता गरेका थिए।

प्रतिपक्षी दलहरुको विरोधका बीच  प्रधानमन्त्री भट्टराई ३२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत सोमबार ब्राजिल प्रस्थान गरेका थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता