सहमतिका लागि दलहरु एक पाइला पछि सर्नुपर्छ : उपप्रधानमन्त्री गच्छदार

E-mail Print
(2 votes, average 4.50 out of 5)
नेपालगन्ज, असार १०- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले विमतिमा रहेका राजनीतिक मुद्दा दलीय सहमतिका आधारबाट मात्र टुङ्गो लगाउन सकिने बताएका छन्। उनले जनता झुक्याउन गरिने आन्दोलनको कुनै तुक नभएको स्पष्ट पारे।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) द्वारा आयोजित बाँके जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले त्यसका लागि छलफल र वार्तामा दलहरु बस्नु आवश्‍यक भएको बताए।

सो दलका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री गच्छदारले सहमतिका लागि सबै प्रमुख राजनीतिक दलहरु एक पाइला पछि सर्नुपर्ने औंल्याए।

लोकतान्त्रिक पद्धति र प्रक्रियाबाट गरिने छलफलले सहमतिको ढोका खुल्ने विश्वास व्यक्त गर्दै उनले संविधान सभा निर्वाचन, सङ्घीयता लगायतका विमतिका विषयमा साझा अवधारणा निर्माण गर्नुबाहेक दलहरुसँग अन्य विकल्प नरहेको बताए।

सो दलका जिल्ला अध्यक्ष हिरालाल लोनियाको सभापतित्वमा भएको कार्यकर्ता भेलामा केन्द्रीय सदस्य सर्वदेव ओझाले पार्टी सङ्गठनलाई बलियो बनाउन कार्यकर्ता पङ्क्ति जुझारु हुन आवश्यक रहेको बताए। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता