उनले सरकार र प्रमुख दलहरुबीच सहमति भए तोकिएकै समयमा निर्वाचन गर्न आयोग सक्षम रहेको दावी गरे। 'दलहले चाहे मंसिर ७ मै निर्वाचन गर्न सकिन्छ,' आईतवार उप्रेतीले भने,' आयोग आफ्नो तयारीमा जुटेको छ।'
उप्रेतीले केही कानुनी अड्चन हटाउन सरकारलाई पत्र लेखेपनि त्यसको जवाफ नआएको बताए। 'सरकारलाई केही कानुन परिमार्जन नर्ग पत्र पठाएका छौं,' उनले भने, 'जवाफ आएको छैन। तर, आयोगले आफ्नो तयारी गरिरहेको छ।' व्यक्तिगत कामकोलागि गृह जिल्ला पर्वत आएका उप्रेतीले जिल्ला विकास समिति पर्वतमा कर्मचारीहरुलाई तयारीमा अवस्थामा रहन निर्देशन दिए। ' तपाईँहरु मानसिक रुपमा तयार भएर बस्नु होस्,' उनले भने,' चुनावका लागि पहिला सवै दल तयार हुनु आवस्यक छ।'
उप्रेतीले मंसिर ७ मा नभए आगामी चैत्र सम्ममा निर्वाचन सम्पन्न गर्नुपर्ने बताए। लामो समयसम्म स्थानीय निकायमा निर्वाचन हुन नसक्दा विकास निर्माणका कामहरु पूर्ण रुपमा प्रभावित बनेको बताउँदै आयुक्त उप्रेतीले शान्ति स्थापना पछि पनि स्थानीय निकायमा जनप्रतिनीधि चयन हुन नसक्नुले लोकतन्त्रको उपहास भएको टिप्पणी गरे।
