Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

सेना समायोजन टुङ्ग्याउन विशेष समिति डाक्न कांग्रेस-एमालेको दबाब

E-mail Print
(1 vote, average 5.00 out of 5)
काठमाडौं, असार ११ (नागरिक)- कांग्रेस-एमालेसहित २७ प्रतिपक्षी दलले विशेष समिति बैठक डाक्न प्रधानमन्त्रीलाई दबाब दिँदैछन्। लडाकु शिविर सुरक्षा सेनालाई सुम्पेको अढाइ महिनासम्म सेना समायोजन विशेष समितिको बैठक नबस्दा लगभग टुंगिने अवस्थाको शान्ति प्रक्रिया अवरुद्ध रहेको भन्दै उनीहरुले समितिका अध्यक्ष प्रधानमन्त्री बाबुराम भट्टराईलाई लिखित आग्रह गर्ने निर्णय गरेका हुन्।
 
ब्राजिल भ्रमणबाट फर्कनासाथ प्रधानमन्त्रीलाई विशेष समिति डाक्न आग्रह गरिने समितिमा कांग्रेसका सदस्य रामशरण महतले जानकारी दिए। प्रधानमन्त्री सोमबार फर्कंदैछन्।

'चैतयता शान्ति प्रक्रियामा केही हुन सकेको छैन, प्रधानमन्त्रीको हस्तक्षेपले प्रक्रिया अगाडि बढ्न नसकेको हो,' महतले भने, 'तुरुन्त विशेष समिति बोलाउन सरकार बाहिर रहेका दलका तर्फबाट प्रधानमन्त्रीलाई लिखित पत्र दिँदैछौं।'

७ मुख्य र ८ सहायक गरी १५ शिविरमा समायोजन रोजेका ३ हजार १ सय २३ लडाकु छन्। समायोजनका लागि छनोट प्रक्रिया अघि बढ्न नसक्दा आधाभन्दा बढी लडाकु बिदा मिलाएर शिविरबाट निस्किसकेका छन्।

प्रधानमन्त्री अध्यक्ष रहेको विशेष समिति उनैले आह्वान गरेपछिमात्र बस्न सक्छ। समितिको अन्तिम बैठक वैशाख ५ गते बसेको थियो। गत चैत २८ गतेको बैठकले १५ शिविर र त्यहाँ रहेका हतियारको सम्पूर्ण रेखदेखको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। समितिको अन्तिम बैठकले समायोजन कार्य टुंग्याउन छनोट समिति गठन गरेको थियो।

'छनोट समितिले लडाकुका केही विषयबारे स्पष्ट पारिदिन भन्दै विशेष समितिलाई पत्र पठाएको छ। तर ती विषयमा छलफल गर्न प्रधानमन्त्री बैठकै बोलाउनुहुन्न,' महतले भने, 'मापदण्ड मिचेर छनोट प्रक्रिया अघि बढाउन नसक्ने देखेपछि प्रधानमन्त्रीले विशेष समितिको बैठक नबोलाएको भन्ने हामीले बुझेका छौं।'
उमेर, शिक्षा र वैवाहिक अवस्था तीन कुरामा लडाकुलाई छुट दिने भनिए पनि उनीहरुका नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरकफरक उमेर, अनमिन प्रमाणीकरण र हाल फरकफरक शैक्षिक योग्यता, दर्जा निर्धारण, दरबन्दी सिर्जनालगायत विषय अस्पष्ट छन्। ती विषयमा विशेष समितिले प्रस्ट नपारेकाले छनोट समितिले पनि काम बढाउन पाएको छैन।

सेनाले भने लडाकु छनोटका सबै तयारी सकेको छ। सेनाले हाल माओवादीको ७ मुख्य शिविर र एक सेनाको व्यारेकमा लडाकु छनोट गर्ने जानकारी विशेष समिति सचिवालयलाई गराइसकेको छ। सेनाको योजनाअनुसार कमान्डर तहकाको छनोट प्रक्रिया सेनाको ब्यारेक र अन्यको शिविरमै गरिनेछ।
'लडाकु छनोट ७ मुख्य शिविर र एक सेनाको ब्यारेक गरी ८ ठाउँमा गर्ने भनिएको छ। तर, लडाकु अहिले विभिन्न १५ वटा शिविरमा छन्,' विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले भने, 'अन्य शिविरमा रहेका लडाकु छनोट गर्ने स्थानमा लैजाने काम सचिवालयको हो। तर सरकारले प्रक्रिया अगाडि बढाउन हामीलाई निर्देशन दिएको छैन।'

समायोजन रोकिँदा लडाकुमा वितृष्णा जागेको उनले बताए। लडाकुले विभिन्न स्थानबाट बानेश्वरमा रहेको सचिवालयको कार्यालयमा फोन गरी 'कि समायोजन हुन्छ भन कि हुन्न, हुन्छ भने छनोट सुरु गर, हुन्न भने पैसा देऊ हामी जान्छौं' भन्ने गरेको शर्मा बताउँछन्।

शर्माका अनुसार सरकारले चाहे लडाकु समायोजन कार्य १५ दिनमा सकिन्छ। लामो समय भविष्य अन्योलपूण हुँदा आफ्नै कमान्डरको आदेश लडाकुले पालन गर्न छाडेको बुझाइ उनको छ। वैशाख महिनामा जारी आचारसंहिताअनुसार शिविर भित्रका लडाकुलाई सेनाले भित्रबाहिर गर्न दिइरहेको छ।

'सेना पठाउनेबित्तिकै शिविर खाली गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले चैतमा गर्नुभएको थियो। के कारणले यो कार्य रोकिएको छ, बु‰न सकिएको छैन,' एमाले नेता तथा विशेष समितिमा एमालेका तर्फबाट सदस्य भीम रावलले प्रश्न गरे, 'विशेष समितिको निर्णय कार्यन्वयन गर्न प्रधानमन्त्रीलाई केले रोक्यो?' आफ्नै लडाकुलाई समायोजन नगरी उनीहरुको भविष्य थप अन्योलपूर्ण पारेकोमा रावलले आश्चर्य प्रकट गरे।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता