Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

गोलमेचबाट संविधान सभा ब्युँताए वैद्य नेतृत्वको माओवादीले मान्ने

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौँ, असार ११ (नागरिक)- नेकपा-माओवादी स्थायी समिति सदस्य देव गुरुङले गोलमेच सम्मेलनबाट सहमति गरी संविधानसभा ब्युँताउन सकिने बताएका छन्।

 संविधानसभा ब्युँताउने निर्णय गर्ने हो भने संविधानसभामा ह्विप लगाउन नहुने र संविधान निर्माणबारे सहमति हुन नसकेका विषयलाई बहुमतका आधारमा अघि बढाउनुपर्ने सर्त सो पार्टीको छ।

'प्रक्रिया अघि बढाउन संविधानका काम अहिले जहाँ पुगेका छन्, त्यहीँबाट सुरु हुनुपर्‍यो', गुरुङले भने, 'पहिला विवादबारे सहमति खोजौं, नभएका विषय प्रक्रियाबाट अघि बढ्ने सहमति पहिला नै हुनुपर्छ।' कांग्रेस-एमालेका नेताहरूसँगै माओवादी नेताहरू पुष्पकमल दाहाल र बाबुराम भट्टराईले पनि संविधानसभामा ह्विप लगाउने कुरा गरेको आरोप उनले लगाए। संविधानसभामा ह्विप लगाउने हो भने यो ६०१ जना सभासदको अधिकार प्रयोग नभई चारजनामा केन्द्रित भएको बताए। असार ३ गते सम्पन्न नेकपा-माओवादीको कार्यकर्ता भेलाले संविधानसभा पुनर्स्थापना नस्विकार्ने, चुनावमा पनि सहभागी नहुने, छापामार युद्ध पनि नगर्ने निर्णय सार्वजनिक गरेको थियो।


नवगठित नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलगायत सो पार्टी स्थायी समिति सदस्यहरूले हिजो राष्ट्रपति रामवरण यादवसँग भेटी बाबुराम भट्टराई नेतृत्वको सरकारको तत्काल विकल्प निकाल्ने गरी अग्रसरता लिन आग्रह गरेका छन्।
पार्टीका पाँचै जना स्थायी समिति सदस्यसहित शितलनिवास पुगेका वैद्यले तत्काल गोलमेच सम्मेलन बोलाएर पहल थाल्न आग्रह गरे। 'संविधानका संरक्षक र पालकका हिसाबले समस्या सम्बोधन गर्न थप पहल गर्नुपर्‍यो भन्यौं', राष्ट्रपतिलाई आफ्नोतर्फबाट गरेको आग्रहबारे स्थायी समिति सदस्य देव गुरूङले नागरिकलाई जानकारी दिए।
एकीकृत माओवादी विभाजित भएर नयाँ दल खोलेपछि ती दलका नेताहरूलाई छलफलका लागि राष्ट्रपति यादवले आमन्त्रण गरेका हुन्। अध्यक्ष वैद्य, महासचिव रामबहादुर थापा, सचिव सीपी गजुरेल, स्थायी समिति सदस्य द्वय गुरूङ र नेत्रविक्रम चन्द आइतबार बिहान ९ बजे राष्ट्रपति भवन, शितलनिवास पुगेका थिए। करिब दुई घन्टालामो भेटघाटपछि राष्ट्रपति यादवले बिहानको खाना खुवाएर बिदा गरेका थिए।
राष्ट्रपतिले निम्ता गरेको जानकारी दिंदै नेकपा-माओवादी स्थायी समिति सदस्य देव गुरूङले नागरिकसँग भने, 'यो सरकार कामचलाउ भयो, नयाँ सरकारबारे सहमति जुट्न सकेको छैन, राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि राष्ट्राध्यक्षको हैसियतले पहल गर्नुपर्‍यो।'
नयाँ सरकार, संविधान निर्माण र नयाँ चुनाव नहुञ्जेल व्यवस्थापिकाको काम पनि गर्न नयाँ उदय भएका शक्तिहरूलाई समेतको गोलमेच सम्मेलन बोलाउन अध्यक्ष वैद्यले राष्ट्रपति यादवलाई सुझाव दिए। संविधानका संरक्षक र पालकका हिसाबले राष्ट्रपतिले अग्रसरता लिनुपर्ने सो दलको जोड थियो।
'नयाँ शक्तिहरू जनजाति, बाम्हण-क्षेत्री, अखण्ड सुदूर-पश्चिम जस्ता नयाँ शक्तिको पनि उदय भएको छ, त्यसबाहेक सबै राजनीतिक र सामाजिक शक्तिको गोलमेच बैठक गरेर अघि बढ्न सकिन्छ', राष्ट्रपतिसँगको छलफलमा आफ्नो दलका तर्फबाट सुझाएको उपाय बारे गुरूङले भने। एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चा मात्र निर्णयक हुन नसक्ने दाबी पनि नेकपा-माओवादीले राष्ट्रपतिसमक्ष पेश गरेको छ। वैद्यले नवगठित आफ्नो दलसमेतको सहमति खोज्नुपर्ने पनि बताए। सरकारले घोषणा गरेको नयाँ चुनावको औचित्य नरहेको पनि उनीहरूको दाबी थियो। वैद्यपक्षले चुनाव नलड्ने घोषणा यसअघि नै गरिसकेको छ।
कांग्रेस-एमालेको प्रधानमन्त्री फेर्ने खेल र एकीकृत माओवादी-मधेशीको सत्ता जोगाउने प्रयत्नमै संविधानसभा निष्फल विघटन भएको पनि नेकपा-माओवादीका नेताहरूले राष्ट्रपतिलाई बताएका थिए। संविधान जारी नगरी संविधानसभा विघटन गराउनमा एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका शीर्षनेता जिम्मेवार भएको आरोप लगाउँदै गुरूङले भने, 'सभामुख, संवैधानिक समितिका सभापतिको पनि कमजोरी छ, त्योभन्दा पनि बढी जिम्मेवारी चार दलका प्रमुख नेता र विवाद समाधान उपसमितिमा बस्ने नेताहरूको छ।'
माओवादी अध्यक्ष पुष्पकमल दाहालको सरकारले तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाल बर्खास्त गर्ने निर्णयलाई राष्ट्रपति यादवले उल्टाइदिएपछिको सडक आन्दोलन चर्काउनुपर्नेमा बाबुराम भट्टराई खेमाभन्दा दाहाल-वैद्य पक्षको जोड थियो। त्यसपछि राष्ट्रपतिको कदमविरुद्ध र 'राष्ट्रिय स्वाधीनता' भन्दै गरिएको छ दिने आमहड्ताल गर्ने आन्दोलनको 'कमाण्डर' रामबहादुर थापा थिए। राष्ट्रपतिविरुद्धको आन्दोलनको नेतृत्व गर्ने 'वैद्य पक्ष' ले वर्तमान सरकारलाई हटाउने पहल लिन आग्रह गरेको हो। दाहाल नेतृत्वको एकीकृत माओवादी फुटाएर नयाँ पार्टी गठन गरेपछि पहिलोपल्ट राष्ट्रपति कार्यालय पुगेका हुन्।
राष्ट्रपतिले वैद्य नेतृत्वको नयाँ माओवादी र फोरम लोकतान्त्रिकबाट विभाजित भएर असार १४ मा नयाँ पार्टी घोषणा गर्ने तयारीमा रहेको शरतसिं भण्डारीको समूहले गर्ने निर्णयका आधारमा प्रधानमन्त्री भट्टराईको साटो नयाँ प्रधानमन्त्री खोज्ने गृहकार्य गरिरहेका छन्।
राष्ट्रपतिले फोरम लोकतान्त्रिकबाट फुट्ने तयारीमा रहेका भण्डारीलाई शनिबार बिहान बोलाएर छलफल गरेका थिए। उनी गत महिनासम्म फोरम लोकतान्त्रिकका सहअध्यक्ष रहेका भण्डारी त्यहाँबाट निकालिएका थिए। 'मैले नयाँ पार्टी गठनका लागि असार १३ मा कार्यकर्ता भेला बोलाएको छु, १४ गते नयाँ पार्टी घोषणा गर्छु, त्यसपछि मात्र आफ्नो दलको प्रस्ट धारणा राख्छु,' उनले भने। राष्ट्रपतिसँगको भेटमा उनले पनि राजनीतिक निकासका लागि पहल लिन आग्रह गरेका थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता