Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

'राजीनामा' केटाकेटीको खेल होइन : प्रधानमन्त्री भट्टराई

E-mail Print
(13 votes, average 4.00 out of 5)
राजधानीको ट्राफिक अस्तव्यस्त-
सुरेन्द्र पौडेल, काठमाडौं, असार ११- प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिनु केटाकेटीको खेल नभएको बताएका छन्। उनले कसैले रोएर माग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारे। संवैधानि निर्वाचनपछि मात्र अर्को सरकार बन्ने उनको तर्क थियो।

ब्राजिलको रियो द जेनेरयोमा भएको राष्ट्रसंघीय दिगो विकाससम्बन्धी ३ दिने सम्मेलनमा भाग लिएर स्वेदश फर्किएका प्रधानमन्त्री भट्टराईले विमानस्थलमा सञ्चारकर्मीसँग भने, 'अन्तरिम संविधान संसोधन गरेर भए पनि मंसिर ७ गते निर्वाचन गराएरै छाड्छु।'

उनले सबै दलसँग सहमति गरेरै निर्वाचनमा जाने बताए। सञ्चारकर्मीद्वारा बजेटबारे सोधिएको प्रश्‍नमा उनले भने, 'बजेट अध्यादेशमार्फत् नै ल्याउँछु।'

उनले ब्राजिल भ्रमण उपलब्धिमूलक रहेको बताए।

प्रधानमन्त्री फर्किँदा सयौं घाइते भएको कांग्रेसको दाबी

कामचलाउ सरकार प्रमुखको रुपमा भट्टराईको विदेश भ्रमणप्रति विरोध जनाउँदै कांग्रेसका भातृ संगठनले विमानस्थलमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रिएका तरुण दल र नेविसंघका झन्डै ५० कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

 

राजधानीको ट्राफिक अस्तव्यस्त
प्रधानमन्त्री बाबुराम भट्टराई स्वेदश फर्किएसँगै राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। उनको स्कर्टिङका लागि सडक पूरा खाली गराइएको र सडक छेउँका सटरसमेत बन्द गराइएको नागरिकन्युजकर्मी ऋषिकेश दाहालले जानकारी दिए। ट्राफिक जामका कारण गन्तब्यमा हिँडेका यात्रुरहरु मारमा परेका छन्। नागरिकन्युजका फोटोग्राफर विकास कार्कीका अनुसार एयरपोर्ट आसपासका सबै पसलहरु बन्द गराइएका छन् भने बाटोमा मान्छेसमेत हिँड्न दिइएको छैन। यात्रुहरुको गुनासो उद्धृत गर्नै कार्कीले भने, 'बरु राजाको सवारीका बेला बाटोमा हिँड्न पाइन्थ्यो। बाबुरामको सवारीमा हिँड्न पाइएन।'

प्रधानमन्त्रीको सुरक्षाका लागि देशका तीनवटै सुरक्षा अंग परिचालन गरिएको छ।

 

प्रतिक्रियाहरू (5)Add Comment
0
Dal Bahadur Gurung
June 26, 2012
212.21.59.155
भोट: +0
...

बुध्दी नभएका नेबिसघ का कार्याकर्ता र तरुनदल का जनताहरु जान्नु छैन बुझनु छैन तेसै हवा मा कालो झण्डा देखाउनु जान्छ। कग्रेसका नेताहरुको मा दि्माग छ भनी नितीगत छलफ़ल गरि आफ़नू सरकार बनाउनुन। कालो झण्डा देखाउनु कोइ उचित काम होइना। बेबकुफ़ भन्छन तेस्तो लाई। सेलफ़िस नेताहरु मलाई पार्टी भन्दा देश प्यरो लग्छ।
"जय नेपाल"

0
Nihilist Nepali
June 26, 2012
140.138.238.96
भोट: +0
...

Ok I get it. Election of 601 Idiots by Nepali people and leaders of 4 party thinking that they decide and everything will be correct is a lawful act. Our country doesn't have a law now it has 4 party condition if they yes then yes and if they say no then it will be no. There is no condition in constitution for next CA election or Parliament election nor President has any right to dictate anything.

0
ban_maya
June 26, 2012
98.163.225.140
भोट: +0
...

he deserves security. the situation is like this. i do not like his party but like him. he can really do something for nation. all are making obstacle on his way. birodhi sakriya bhayeko bela j ni huna sakcha. jati bela j ma ni birodh garera hidne. kam chaina. desh haina afnai party banauna hidne party ka bhedaharu lai thuna ma halnai parne ho. kam garne lai ta kam garna dinu.

0
Trivivan Chaturvedi
June 26, 2012
110.34.4.242
भोट: +0
...

Quite obvious, and a real required action to prove these bunch of idiots on the presence of legal government that would not leave the stage without completing its all works as seen in the pipeline. Why these leaders of other parties are always crying for power while they were already proved to be just good for nothing for the people of this country. I support Dr.Bhattarai fully and he must not be scared of these proven termites that are nothing than a bubbles of water. I wish all the patriotic and nationalists of this country understand the need of this government for building our country even if he enforces emergency rule for controlling all observed stalemates and chaotic situations created by greedy "TERMITES" here. Thank you

0
bishnu pandey
June 26, 2012
60.241.252.5
भोट: +0
...

yo tanasa le aaru kenai garna sakcha. aaba sabai milera gynendra lai jastai yeslai pani falnu parcha.aba arko andolan chaiyo

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता