Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

निर्वाचन मिति सार्ने बारे दाहाल-गच्छदारबीच छलफल

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ११-एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारबीच वर्तमान सरकारले तोकेको संविधानसभाको नयाँ निर्वाचनको मितिभित्रै निर्वाचन सम्पन्न गर्ने वा अन्य दलहरूको सहमतिमा नयाँ निर्वाचनको मिति घोषणा गर्ने भन्ने विषयमा छलफल भएको छ।

एनेकपा (माओवादी)का अध्यक्ष दाहाल निवास, लाजिम्पाटमा आज भएको भेटवार्तामा उनीहरूबीच राष्ट्रिय सहमतिका आधारमा मुलुकको समस्या समाधान गर्नुपर्ने र मुलुकको वर्तमान राजनीतिक सङ्कटको अन्त्य गर्नुपर्नेमा छलफल भएको थियो।

 

भेटपछि उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका  गच्छदारले राष्ट्रिय सहमतिका लागि राजनीतिक दलहरूबीचमा सहमतिको प्रयास आवश्यक भएको र मुलुकका सबै समस्या सहमतिकै आधारमा टुङ्ग्याउनुपर्छ भन्ने बारेमा छलफल भएको जानकारी दिए।

उनले मुलुकमा रहेको वर्तमान राजनीतिक र संवैधानिक सङ्कटको अन्त्यका लागि सहमतिको विकल्प नभएकाले अन्य राजनीतिक दलहरूबीचमा छलफल गरी सहमति खोज्ने र सहमतिकै आधारमा सबै समस्या समाधान गर्ने विषयमा छलफल केन्द्रित भएको बताए।

भेटमा तोकिएको समयभित्र संविधानसभाको निर्वाचन गर्ने वा राजनीतिक दलको सहमतिका आधारमा नयाँ निर्वाचनको मिति घोषणा गर्ने र दलिय सहमतिका आधारमा सबै समस्या टुङ्ग्याउने भन्ने विषयमा छलफल भएको बताइएको छ। -रासस

प्रतिक्रियाहरू (1)Add Comment
0
prem karki
June 26, 2012
49.244.165.66
भोट: +0
...

la la badhai 6 aba sambidhan sabha ko date par par phalda kheri 4 year purayar sammabidan sabha nai khai hale aba baki nirwachan ko kura tyo pani yati chado garyo bhane ta janta le thappad hanlan ki bhaner pani 3 year samma ta par sarnu paryo ni tyo k naulo kura bhayo ra

nepali janata mahan 6na kyare j garda pani heri raheka 6na badhai 6 mahan neta haru lai

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता