Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

नेकपा-माओवादीको उपाध्यक्षमा गजुरेल, सचिवमा गुरुङ र चन्द प्रस्तावित

E-mail Print
(0 votes, average 0 out of 5)
उजिर मगर, ललितपुर, असार १२ - नेकपा-माओवादीको केन्द्रीय समिति बैठकमा महाधिवेशनसम्मका लागि पदाधिकारी मात्रै राख्ने प्रस्ताव गरिएको छ। केही केन्द्रीय सदस्यहरूले 'नयाँ टिम' थप गर्ने अनौपचारिक सुझाव दिए पनि त्यसको वास्ता नगरी पदाधिकारी बाहेक नराख्ने प्रस्ताव गरिएको हो।
 
सोमबार सुरू भएको बैठकमा अध्यक्ष मोहन वैद्यले उपाध्यक्षमा सीपी गजुरेल, महासचिवमा राम बहादुर थापा यथावत राख्दै स्थायी समिति सदस्यद्वय देव गुरूङ र नेत्र विक्रम चन्दलाई सचिवका लागि प्रस्ताव गरेका छन्।

नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा सुरू बैठकमा फागुनमा गर्ने भनिएको महाधिवेशनलाई पुस पहिलो साता गर्ने प्रस्ताव राखिएको छ। महाधिवेशनसम्म पदाधिकारीहरूले कार्यालय सञ्चालन गर्ने तर्क पेश गर्दै त्यस्तो प्रस्ताव गरिएको छ।

तीन पदाधिकारी सहित २ स्थायी समिति, पोलिटव्युरो ८ पोलिटव्युरो ४३ केन्द्रीय सदस्य सहित असार पहिलो साता वैद्य एकीकृत माओवादीबाट विभाजन भएका थिए। स्थायी समिति सदस्यद्वय गुरूङ र चन्द सचिवमा प्रस्तावित भएपछि पदाधिकारी र पोलिटव्युरो, केन्द्रीय सदस्य मात्र रहने छ।

'नयाँ फ्रेस टिम लिएर अघि बढ्दा जोश, जाँगरका साथ काम हुन्छ। नयाँ टिम लिनुपर्छ भन्ने अनौपचारिक सुझाव थियो। कार्यालय (पदाधिकारी) मात्रै राख्ने प्रस्ताव अघि सारिएको छ। आखिर त्यही पारित हुने देखिन्छ', एक पोलिटव्युरो सदस्यले नागरिकसँग भने।

राजनीतिक प्रस्ताव, भावि कार्यक्रम, संगठनात्मक प्रतिवदेन बैठकमा पेस भएका छन्। 'महाधिवेशन पुस पहिलो साता गर्ने, त्यतिबेलासम्म पदाधिकारी बनाउने, अरुलाई यथावत राखेर जाने प्रस्ताव आएको छ', ती सदस्यले भने- 'थप गर्ने र जिम्मेवारी दिने विषयमा फरक मत रहन्छ।'

राजनीतिक प्रतिवेदनमा गोलमेच सभा, राष्ट्रिय संयुक्त सरकार गठन गर्नका लागि सबै पक्षसँग सम्वाद गर्ने प्रस्ताव गरिएको छ। राष्ट्रियता, जनजीविका, जनतन्त्रका लागि संघर्ष र त्यसका लागि संयुक्त मोर्चा निर्माणमा जोड् दिने प्रस्ताव गरिएको छ।

'केन्द्रदेखि तल्लो निकायसम्म वैचारिक संघर्षलाई तिब्र बनाएर जाने प्रस्ताव गरिएको छ', एक केन्द्रीय सदस्यले भने- 'बैचारिक संघर्षसँगसँगै सरकार विरूद्धको संघर्ष पनि तिब्र बनाउने प्रस्ताव छ।'

पार्टी नेतृत्व नव संशोधनवादमा फसेकाले त्यसको भण्डाफोर गरेर जाने कार्यक्रमको प्रस्ताव बैठकमा राखिएको छ। 'देशभक्त, गणतन्त्रवादी शक्तिसँग संयुक्त मोर्चा निर्माण गरेर जाने प्रस्ताव गरिएको छ। त्यसका लागि सबै पक्षसँग संवादको पहल गर्ने प्रस्ताव छ', ती सदस्यले भने।

संविधानसभा भंग गरेर जनतालाई धोका दिएको, संविधान बनाउन नचाहेको, पहिचान र प्रदेश संख्यामा सम्झौता गर्न खोजेको विषयलाई जनतामा लैजान अभियान सञ्चालन गर्ने प्रस्ताव बैठकमा राखिएको छ।

तत्काललाई मुख्य ऐजेन्डा बाबुराम भट्टराई नेतृत्व सरकार परिवर्तनको आन्दोलनलाई प्रभावकारी बनाउने पार्टीको योजना भएको ती सदस्यले बताए। 'संविधानसभा
भंग गराएर जनतालाई धोका दिएको विषयलाई तलसम्म प्रष्ट पार्न अभियान थाल्ने प्रस्ताव आएको छ', ती सदस्यले भने।

भट्टराई नेतृत्व सरकालाई हटाउन नेतृत्व पंक्तिले आइतबार राष्ट्रपति रामवरण यादवलाई भेट गरी आग्रह गरेको थियो। संविधानका संरक्षक र पालक भएका नाताले समस्या समाधानका लागि भट्टराई सरकरा हटाउन उनीहरूले राष्ट्रपतिलाई आग्रह गरेका थिए।


प्रतिक्रियाहरू (2)Add Comment
0
Nabaraj rai
June 26, 2012
199.114.231.226
भोट: +1
...

AAphu pani satta ma pugnako lagi Bhattarai sarkar dhalna rastrapatilai guharne Baidhya khema ko daule le sattama puk na lagi matra parti futako rai 6a vanne prasta vo. satta ko lagi parti futaou na pa6i napar ne le kasari janatako lagi kam garla vanera believe garne?

0
uttar rai
June 26, 2012
49.244.50.154
भोट: +0
...

pad napaera futeko timro party kati din rahan6 baidya baa? alikati varosa thiyo emoist prati tyo pani sidhyaidiyau baidya baa. itihasle timilai pani tesai 6addaina kina ki timile more than 13000 man6eko ragatma holi kheleka 6au ra feri yudhda nai vanera ayau vane sabvanda pahile timro gardhan jane6 bujha 6addaina jantale tesai.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता