Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

जातीय, क्षेत्रीय र उत्पीडित समुदायको मोर्चा दाहालको पक्षमा

E-mail Print
(2 votes, average 3.00 out of 5)
काठमाडौं, असार १२ (नागरिक) - एकीकृत माओवादीको जातीय, क्षेत्रीय र उत्पीडित समुदायको मोर्चाले विभाजनकारी कदमबाट बिचलित नहुन अपील गर्दै पार्टी नीति तथा कार्यक्रममा सामूहिक ऐक्यबद्धता जनाएका छन्।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरी मूल पार्टीमा आफूहरूको ऐक्यबद्धता रहेको जानकारी गराएका छन्। २७ जातीय, दुई क्षेत्रीय र दुई उत्पीडित समुदायका मोर्चाले सामूहिक पत्रकार सम्मेलन गरी ऐक्यबद्धता जनाएका हुन।

त्यस्तै ७२ गणतान्त्रिक सम्पर्क मञ्च समन्वय समिति र युरोप स्थित प्रगतिशील संगठनहरूले एकीकृत माओवादीमै रहेको जनाएका छन्। ड्यास माओवादीले पुरानो शक्ति आफूसँग भएको भ्रम सृजना गरेको औंल्याउँदै उनीहरूले ऐक्येबद्धता जनाएका छन्।

'जनयुद्ध, जनआन्दोलनको बलमा प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मरिपेक्षता र सामाजिक न्यायका मुल्यहरूको संरक्षण गर्ने कुरा एकातिर गर्ने तर अर्कोतिर गोलमेचसभाको नारा अगाडि सारेर घुमाउरो पाराले जनयुद्ध र जनआन्दोलनको उपलब्धी र भावनामाथि प्रहार गर्ने काम भएको छ', जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।
पार्टीको विकसित कार्यदिशाका मूलभुत कडीहरूसहित ऐतिहासिक राजनीतिक उपलब्धीहरूलाई निषेध गर्ने कामले ड्यास माओवादी विसर्जनवादी भएको आरोप मोर्चा र मञ्चले लगाएका छन्।

'भविष्यको मार्गचित्र सम्बन्धमा देखिने अस्पष्टता र अकर्मण्यताले वैद्यहरूको विसर्जनवादी सोचलाई व्यक्त गर्दछ। विसर्जनवादी सोचले अन्ततः क्रान्तिलाई हैन प्रतिक्रान्तिलाई सेवा पुर्‍याउने कुरा निश्चित छ', पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ।

पार्टीलाई कमजोर बनाउने सबैखाले गतिविधीलाई निस्तेज तुल्याउन उनीहरूले आव्हान गरेका छन्। विज्ञप्तिमा भनिएको छ- 'पार्टी काममा सक्रियतापूर्वक जुट्न सबैतहका कमिटिहरूलाई विशेष निर्देशन गर्दछौं।'

ड्यास माओवादीमा गएकाले बाटो विराएको औंल्याउँदै पुनः आ-आफ्नो जिम्मेवारीमा फर्कन आह्वान गरिएको छ। 'फुट र विभाजनको कुनै भ्रममा नपरी पार्टीको वरिपरी गोलबन्द हुन सबै क्रान्तिकारी, देशभक्त तथा परिवर्तनकामी जनसमुदायहरूमा हार्दिक अपिल समेत गर्दछौं', संयुक्त विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा सेती-महाकाली मुक्ति मोर्चा, भेरी कर्णाली मोर्चा, मधेशी मुक्ति मोर्चा, मगराँत मुक्ति मोर्चा, नेवाः राष्ट्रिय मुक्ति मोर्चा, तमु, किराँत, लिम्बुवान, तामाङ सहित २७ मोर्चाका प्रमुखहरूले हस्ताक्षर गरेका छन्।

उनीहरूले ड्यास माओवादीमा गएका प्रमुखहरुको स्थानमा नयाँ राखेका छैनन्। पुरानो संगठनमा रहेका पदाधिकारीहरूले पुरानै पद उल्लेख गरेर विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता