Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

एमालेमा असन्तुष्टलाई सात प्रदेश मान्न दबाब

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार १२ (नागरिक)- बहुपहिचानका आधारमा सात प्रदेश बनाउने पार्टी निर्णय स्वीकार्न एमालेमा जनजाति-मधेसी नेतालाई दबाब बढेको छ। दुई दर्जन जिल्ला कमिटी अध्यक्ष (जनजाति-मधेसी) हरुले बहुपहिचानसहित सात प्रदेशमा जाने शुक्रबार केन्द्रीय कमिटीबाट पारित प्रस्तावले उनीहरुका माग सम्बोधन गरेको भन्दै त्यसलाई स्वीकारेर पार्टी काममा फर्कन आह्वान गरेका छन्।
 

सोमबार विज्ञप्तिमार्फत उनीहरुले पार्टीलाई अहित हुने (एकल पहिचान) कुरा गरेर नबस्न असन्तुष्टलाई सुझाव दिएका छन्। 'पहिचानका मुद्दामा संघीय प्रदेशहरुको नाम र संख्यासहितको दृष्टिकोण बाहिर आइसकेको र थप सुझावहरुसहित त्यसलाई वैज्ञानिक तथा समृद्ध बनाउन समेत पर्याप्त समय रहेको छ,' विज्ञप्तिमा भनिएको छ, 'असन्तुष्ट पक्षका सबै नेताहरुलाई विधि-विधान, प्रक्रियाभन्दा बाहिर रहेर पार्टी र स्वयंलाई अहित हुने कुरा गरेर नबस्न हामी हार्दिक आह्वान गर्छौं।'

एमाले भोजपुर जिल्ला अध्यक्ष शेरधन राईले मंगलबार असन्तुष्ट नेताहरुलाई भेटेर पार्टी काममा फर्कन आग्रह गर्ने बताए। 'जिल्ला फकर्नुभन्दा अघि सबै असन्तुष्ट नेतालाई भेटेर पार्टी काममा फर्कन आग्रह गर्नेछौं,' उनले नागरिकसँग भने, 'पहिले भेट्दा उहाँहरुले बहुपहिचानका प्रदेशमा सैद्धान्तिक सहमति गर्नुभएको थियो।' जिल्ला अध्यक्षहरुले असन्तुष्ट नेता र नेतृत्वबीच चाँडो समाधान खोज्न आग्रह पनि गरेका छन्।

एमाले केन्द्रीय कमिटीले शुक्रबार बहुपहिचानका सात प्रदेशमा जाने प्र्रस्ताव पारित गरेको थियो। प्रस्तावमा किराँत-लिम्बुवान-कोसी, ताम्सालिङ-नेवा-बाग्मती, तमुवान-मगरात-गण्डकी, भेरी-कर्णाली, सेती-महाकाली, थरुहट-अबध-लुम्बिनी र मिथिला-भोजपुरा-जनकपुर प्रदेश बनाउन सुझाइएको छ।

जिल्ला अध्यक्षहरुले आफूहरुको दबाब र कार्यकर्ताको सुझावअनुसार पार्टीले पहिचानको माग सम्बोधन गरेको दाबी गरेका छन्। 'कार्यकर्ताबाट समेत सुझाव लिएर प्रदेश तथा नामका बारेमा निर्णय गरिसकेको अवस्थामा पार्टी प्रक्रियाबाट बाहिर बसेर गरिने गतिविधिले पार्टी तथा नेताहरुलाई अहित गर्छ,' विज्ञप्तिमा असन्तुष्ट नेतालाई सम्झाइएको छ।

राज्य पुनर्संरचनाबारे असन्तुष्ट जनजाति तथा मधेसी नेताले भने आफूले अघि सारेका मागलाई बहुजातीय सात प्रदेशले सम्बोधन गर्न नसकेको प्रतिक्रिया दिइसकेका छन्। उनीहरुले माग सम्बोधन नगरे छुट्टै पार्टी खोल्ने चेतावनी दिइरहेका छन्।

पार्टीमा सात प्रदेशको निर्णयपछि जातीय पहिचानको विषय समाधान हुनुको साटो त्यस विषयमा ध्रुवीकरण तीव्र बनेको छ।

जिल्ला अध्यक्षहरुले संघीयता र पहिचानविरुद्ध पार्टी पंक्तिबाटै आएका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएका छन्। 'केन्द्रीय कमिटीको बैठक सम्पन्न भएलगत्तै केही केन्द्रीय नेताहरुबाट संघीयता तथा पहिचानसम्बन्धी पार्टीको निर्णयविरुद्ध आएको अभिव्यक्तिले हाम्रो गम्भीर ध्यानाकर्षित भएको छ,' उनीहरुले वक्तव्यमा भनेका छन्, 'यस्ता अभिव्यक्तिले पार्टी हित नहुने कुरातर्फ सम्बन्धित नेताहरुको ध्यानाकर्षण गराउँछौं।'

एमालेका दुई दर्जन जिल्ला नेता राजधानी आएर एकल पहिचानविरुद्ध अभियान चलाइरहेका छन्। सोमबार वक्तव्यमा भोजपुरका राई, दोलखाका पार्वत गुरुङ, धनकुटाका राजेन्द्र राई, ओखलढुंगाका यज्ञराज सुनुवार, पाँचथरका गणेश काम्वाङ, ताप्लेजुङका तिलकुमार मेयाङ्बो, रुसुवाका छेसाङ तेन्जिङ लामा, महोत्तरीका रामदयाल मण्डल, बाराका बलवीर चौधरी, पर्साका विजय महतो, कैलालीका होरीलाल चौधरी, सिन्धुलीका कमलजंग राईलगायत छन्।

एमालेमा संघीयताबारे एकल जातीय पहिचानबाहेक जातीय नाम नमान्ने र संघीयतामै जान नहुने विचारसमेत सार्वजनिक भएको छ।

नेताहरु रघुजी पन्त, महेन्द्र पाण्डे, भीम रावल, वेदुराम भुषाल र गुरु बरालसहितका नेताले प्रदेशको नाम जातीय आधारमा राख्दा देशमा जातीय विद्वेष फैलिने भन्दै त्यसलाई सच्याउन आग्रह गरेका छन्। उनीहरुले आफ्नो फरक मत तल्लो तहमा छलफल गराउनुपर्ने माग गरेका छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता