Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

राष्ट्रपतिलाई नउक्साऊ : नागरिक अगुवा

E-mail Print
(0 votes, average 0 out of 5)
बसन्त बस्नेत, काठमाडौं, असार १२- कामचलाउ सरकार भंग गरी 'राष्ट्रिय सहमतिको नयाँ सरकार गठन गर्न' राष्ट्रपतिलाई दबाब परिरहेका बेला केही नागरिक अगुवाले राष्ट्रपतिलाई अनावश्यक नउक्साउन आग्रह गरेका छन्।  नवगठित एनेकपा-माओवादी अध्यक्ष मोहन वैद्य नेतृत्वको एक टोलीले आइतबार राष्ट्रपति रामवरण यादवलाई शीतल निवासमा भेटी बाबुराम भट्टराई नेतृत्वको सरकार हटाउन र नयाँ सरकार गठनको पहल लिन आग्रह गरेको घटनाप्रति उनीहरुले संवेदनशीलता देखाएका हुन्।
 

 

वैद्य पक्षीय माओवादीलगायत विभिन्न दलका नेताको राष्ट्रपति गुहार्ने प्रयत्नलाई लेखक खगेन्द्र संग्रौलाले सत्ता चाहनाको परिणाम भएको बताए। 'अहिलेको सरकार कामचलाउ नै भए पनि सहमतीय सरकारको खाका नबनेसम्म बिदा हुँदैन,' उनले नागरिकसँग भने, 'किरणलगायत कतिपय शक्ति भने बाबुरामलाई जसरी पनि हटाएर आफू सत्तामा आसीन हुने दाउमा छन्, तिनको प्रयत्न राष्ट्रपतिलाई प्रयोग गरेर सत्ता पाउने छ।'

राजनीतिशास्त्री कृष्ण खनाल भने उक्साएकै भरमा राष्ट्रपति तत्काल सक्रिय हुने आधार देख्दैनन्। अन्तरिम संविधानले राष्ट्रपतिलाई आलंकारिक भनेकाले जनताले त्यही रुपमा विश्वास गर्ने उनले बताए। 'उनी हिजोका राजा होइनन्, जो बेलाबेला वैधानिकता आफूमा रहेको भन्दै त्यसको प्रयोग गर्थे,' खनालले भने, 'राष्ट्रपतिले पनि अरु कसैले उक्साएको भरमा काम गर्छन् भने त्यो संस्था नै बाँकी रहेन नि।' राष्ट्रपति यादव लोकप्रिय वैधानिकताका आधारमा निर्वाचित संस्था भएको भन्दै खनालले थपे, 'संविधानसभा नभएको बेला अहिले पपुलर लेजिटिमेसी छैन, पोलिटिकल मात्रै छ।'

प्राध्यापक तथा लेखक अभि सुवेदी कतिपय नेताले शीतल निवास पुगेर उक्साउनुमा राष्ट्रपतिको दोष देख्दैनन्। बरु दलका नेतामा आफू असक्षम छु भन्ने भावना देखिएको उनको तर्क छ। 'हुँदाहुँदा वैद्य पक्षसमेत लागेर राष्ट्रपतिलाई सक्रिय हुन उक्साइरहेका छन्,' उनले भने, 'राष्ट्रपतिलाई त के दोष दिऊँ, तर यी दलहरु पहिले देखि नै 'माथि' भन्ने हीनग्रन्थीले पीडित रहेछन्।' जनताले चुनेका दलभन्दा अरु नै निकाय शक्तिसम्पन्न हुने गरेको नेपालको विगत सम्झे उनले। 'पहिले राजा त्यो ठाउँमा हुन्थे, अहिले राष्ट्रपतिलाई बनाउन खोजिएको छ,' सुवेदीले थपे, 'दलहरु आफैं मिलेर पो समस्या सल्टाउने हो त, कहाँ राष्ट्रपति गुहार्दै हिँड्ने?'

संविधानसभा चुनावमा अपेक्षित नतिजा नपाएकाहरुले अबको चुनावमा आफ्नो हैसियत के होला भन्ने चिन्ताले राष्ट्रपतिलाई अघि सार्न खोजेको लेखक संग्रौलाको आरोप छ। उनीहरुले सकेसम्म अहिलेकै अवस्थाभित्र राजनीतिक स्पेस बनाउन खोज्ने उनले आकलन गरे। 'विभिन्न दलका नेताहरु राष्ट्रपतिको चाकरी गर्न, उक्साउन, महत्वाकांक्षा बढाउन लागेका छन्,' उनले भने, 'तर राष्ट्रपति उक्साहटमा पर्नुहोलाजस्तो चाहिँ लाग्दैन, किनकि अबको चुनावमा प्रचण्डसँग भिड्ने आकांक्षा उहाँमा देखिन्छ।' अहिल्यै विवादमा परे राष्ट्रपतिलाई आफ्नो भूमिका स्थापित गर्न गाह्रो हुनसक्ने संग्रौलाले बताए।

राजनीतिशास्त्री खनाल पनि अरुले उक्साएको भरमा राष्ट्रपति अघि बढ्न खोजे मुलुकले क्षति बेहोर्ने बताउँछन्। 'राष्ट्रपतिमा कताकता चाहना त होला, तर उक्साएको भरमा चले भने दुर्भाग्य हुनेछ,' उनले प्रश्न गरे, 'संविधानसभाले आफ्नो लक्ष्य पूरा गर्न सकेन, प्रधानमन्त्री असफल भए, झन् त्यसमाथि राष्ट्रपति पनि स्वेच्छाले चल्न खोजे स्थिति के हुन्छ?'

प्रतिक्रियाहरू (3)Add Comment
0
Som Khanal
June 26, 2012
50.82.140.167
भोट: +4
...

कम से कम खगेन्द्र संग्रौलालाई चाही नागरिक समाजका मानिस भन्ने स्वीकार गर्न सकिदैन । उनले त्यो हैसियत संबिधान सभाको चूनाबकै बेला माओबादीको पाउमा बिसाईसकेका छन् ।

0
bishnu pandey
June 26, 2012
60.241.252.5
भोट: +2
...

yi nagarik samaj ka partinidhi hoinan aarko rastirya sarkar nabanaye ke yeyi sarkar le des chalau cha ta ye buddijivi vanauda haru ho timiharu le kina baburam lai satta kabja garna uksayeko.timiharu lai pani hamile chinekai ho.

0
Ajay Shrestha
June 26, 2012
202.52.232.34
भोट: +2
...

Dear Khagendra ji,

Tapain nispacha bhayera vannuhos tapain kasari Nagarik Agua hunu vo ? Kasle Tapain lai Agua banayo ? Ka Ka sle Agua vanera swikaryo. Tapain ma K khubi cha agua huna lai ?

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता