Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

प्रधानमन्त्री उम्मेदवार दिन कांग्रेसलाई सात दिनको म्याद

E-mail Print
(1 vote, average 1.00 out of 5)
काठमाडौं, असार १२ (नागरिक) - एमाले सचिव शंकर पोखरेलले कांग्रेसलाई सहमतिको प्रधानमन्त्री उम्मेदवार प्रस्तुत गर्न एक साताको म्याद दिएका छन्। त्यसभित्र नाम नदिए एमालेले विकल्प दिने उनको भनाइ छ।
 
'कांग्रेसको नेतृत्वमा कूनै विवाद छैन, तर उसले उमेदवारी तय नगर्ने हो भने अरु दलको नेतृत्वमा सहमति गर्नुपर्छ,' राजधानीमा सोमबार आयोजित साक्षात्कारमा सचिव पोखरेलले भने, 'यसरी कामचलाउ सरकारलाई लामो समय राखिरहन मिल्दैन।'

लामो कामचलाउले सर्वसत्तावाद निम्तने उनले बताए। 'कांग्रेस आफ्नो उम्मेदवारी पनि दिन नसक्ने, अरुलाई समर्थन गर्ने विषयमा पनि छलफल नगर्ने,' उनले भने, 'यस्तो अवस्थाले मुलुकमा केवल सर्वसत्तावाद निम्त्याउँछ।'

एमालेेले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने बताए पनि कांग्रेसले प्रधानमन्त्री बन्ने व्यक्ति छनोट गर्न सकेको छैन। सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र विघटित संविधानसभामा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीका आकांक्षी देखिए पनि पार्टीले नाम अघि सारेको छैन।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता