Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

'वैद्य पक्ष अझै प्रचन्डपथीय चिन्तनमा'

E-mail Print
(0 votes, average 0 out of 5)
माधव ढुङ्गेल, काठमाडौं, असार १२- नेकपा (माओवादी) का अध्यक्ष मातृकाप्रसाद यादवले मोहन वैद्यलगायत नवगठित नेकपा-माओवादीका स्थायी समिति सदस्यहरूले प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाउनका लागि राष्ट्रपति रामवरण यादव गुहारेकोप्रति विरोध जनाएका छन्।
 

'राष्ट्रपतिलाई गुहार्नु भनेको पूँजीवादी व्यवस्था स्वीकार्नु हो', यादवले भने, 'उहाँहरूले गोलमेच सभा बोलाइदिन राष्ट्रपतिलाई अनुरोध गर्नुभो, त्यसबाट पनि निकास निस्कन्न।'
नेकपा (माओवादी) नामको आफ्नो पार्टी हुँदाहुँदै वैद्यले त्यही नामको अर्को पार्टी गठन गरेर बलमिच्याइ गर्न खोजेको आरोप पनि लगाए। उनले भने, 'यो पनि प्रचण्डपथीय चिन्तन हो, बलमिच्याइँ बाहेक केही हैन।'

बाबुरामलाई प्रधानमन्त्रीबाट हटाउने हो भने त्यो राष्ट्रपतिले नभई जनताको क्रान्तिका बलले हटाउनुपर्ने उनले बताए। उनले भने, 'क्रान्तिकारी कम्युनिष्ट पार्टी हो भने बाबुरामलाई आन्दोलनको बलले हटाउनुपर्छ र त्यो ठाउँमा क्रान्तिकारी सरकार पो बनाउने कुरा गर्नुपर्छ।'
वैद्य पक्ष वैचारिक हिसाबले अस्पष्ट भएको यादवको मूल्यांकन छ। 'उहाँहरूले एकीकृत माओवादीसँग सम्बन्ध अन्त्य गर्नु सकारात्मक छ', उनले भने, ' अहिले कसरी क्रान्ति गर्ने भन्नेमा पनि द्विविधा छ', उनले भने, 'माओवाद कि विचारधारा भन्नेमा पनि स्पष्टता छैन।
मातृकाले आफ्नो पार्टीको केन्द्रीय समितिबाट यसअघि नै हटाइसकेका केही व्यक्तिले पत्रकार सम्मेलन गरी पार्टी फुटाएको भनी हल्ला चलाएकोमा त्यस भ्रममा नपर्न पनि आग्रह गरे।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता