Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

रियोबाट ल्याएको बल नेपालमा काम लाग्दैन : एमाले अध्यक्ष खनाल

E-mail Print
(1 vote, average 1.00 out of 5)
काठमाडौं, असार १२- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले रियोबाट ल्याएको कुनै सूचना वा बल नेपालमा काम नलाग्ने भएकाले त्यसको हेक्का राख्‍न प्रधानमन्त्री बाबुराम भट्टराईको ध्यानाकर्षण गराएका छन्।

महाराजगञ्जस्थित त्रिविवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाकाबारे जानकारी लिइसकेपछि सञ्चारकर्मीसित संक्षिप्त प्रतिक्रिया दिँदै उनले विपक्षी दललाई बालहठको सङ्ज्ञा दिएकोप्रति व्यङ्ग्य गर्दै रियोको बल नेपालमा काम नलाग्ने भएकाले त्यसप्रति हेक्का राख्‍न प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

'कामचलाउ प्रधानमन्त्रीले सरकार टिकाउन खोज्नु नै बालहठ हो,' अध्यक्ष खनालले भने, 'मुलुक गम्भीर राजनीतिक र संवैधानिक सङ्कटमा परेको बेला राष्ट्रिय सहमति बनाउन पहल गर्नुपर्नेमा कामचलाउ प्रधानमन्त्री आफैँले बालहठ प्रदर्शन गरी बद्‍नाम हुने काम गरिरहनुभएको छ, दलहरूलाई बालहठको सङ्ज्ञा दिनु कदापि राम्रो होइन्।'

उनले राष्ट्रिय सहमतिका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री भट्टराईलाई आह्वान गर्दै प्रधानमन्त्रीको राजीनामा नआएसम्म कुनै पनि सहमति कायम हुन नसक्ने र त्यसले मुलुकको निकासभन्दा विनासमात्र गराउने बताए।

स्वास्थ्यस्थितिका बारेमा जानकारी लिने क्रममा अध्यक्ष खनाल र उपसभापति पौडेलबीच मुलुकलाई वर्तमान सङ्कटबाट निकास दिने विषयमा संक्षिप्त कुराकानी भएको र अध्यक्ष खनालले पौडेलेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको पनि अध्यक्ष खनालका स्वकीय सचिव रामबाबु अधिकारीले जानकारी दिए।

उपसभापति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन एमालेका नेता भरतमोहन अधिकारी, कांग्रेसका नेता तथा कार्यकर्ता र विभिन्न पार्टीका प्रतिनिधिहरूसमेत शिक्षण अस्पताल पुगेका थिए।

रक्तचाप बढेर आइतबार बिहान अचानक बिरामी भएपछि शिक्षण अस्पतालमा भर्ना हुनुभएका उपसभापति पौडेलको स्वास्थ्य अवस्था अहिले सामान्य हुँदै गइरहेको उनको उपचारमा संलग्न डा. करविरनाथ योगीले जानकारी दिए।

उपसभापति पौडेलको अहिले उच्च रक्तचाप, श्वासप्रश्वास, खोकी र ज्वरो सामान्य भइसकेको र भोलिदेखि अतिसघन उपचारकक्ष (आइसीयु)बाट वार्डमा सारिने जानकारी पनि डा. योगीले दिए। पौडेललाई अझै दुई/तीन दिन अस्पतालमै आराम गर्नुपर्ने जनाइएको छ। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता