Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

'कांग्रेसले प्रमको उमेद्ववार घोषणा नगरे एमालेले ओलीलाई अघि सार्छ'

E-mail Print
(3 votes, average 2.00 out of 5)
काठमाडौं, असार १२ (नागरिक)- नेकपा एमालेका पोलिटब्यूरो सदस्य रघुजी पन्तले कांग्रेसले तत्काल सहमतिमा प्रधानमन्त्रीको उमेद्ववार अगाडि नसारे एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीलाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने घोषणा गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा पन्तले कांग्रेसले उमेदवारी घोषणा गर्न नसके एमालेले केन्द्रीय समितिको बैठक बसेर ओलीको नाम औपचारिक रुपमै अगाडि सारर्ने स्पष्ट पारे।

उनले प्रधानमन्त्री बाबुराम भट्टराईलाई राष्ट्रपतिले धेरै समय दिइसकेको उल्लेख गर्दै अब दुई तीन दिनको समय दिएर राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्‍वान गर्नुपर्ने धारणा राखे।

राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ को एक बमोजिम सरकार गठन गर्न दलहरुलाई आह्‍वान गर्नुपर्ने उल्लेख गर्दै उनले सहमतिको सरकार गठन हुन नसके बहुमत दलको समर्थनमा बहुमतको सरकार गठन गर्नुपर्ने बताए।

संविधानसभाको नयाँ निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै पन्तले प्रधानमन्त्रीलाई हटाएर अर्को सरकार गठन गरी मुलुकलाई निकास दिनुपर्ने बताए।

प्रधानमन्त्रीले आफूले राजीनामा नदिने र आफूलाई हटाए माघ १९ दोहोरिन्छ भनि दिएको धम्किपूर्ण अभिब्यक्ति सत्ता कब्जाप्रति उद्यत एकदलीय तानाशाही अभिब्यक्ति भएको भन्दै यस्तो अभिब्यक्ति दिने प्रधानमन्त्रीलाई राष्ट्रपतिले सचेत गराउँदै पदमुक्त गर्नुपर्ने बताए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता