Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

पौडेल वा देउवामध्ये एक प्रधानमन्त्री बन्ने : कांग्रेस नेता सिंह

E-mail Print
(3 votes, average 2.00 out of 5)
काठमाडौं, असार १२ (नागरिक)- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली कांग्रेसले १० दिनभित्र केन्द्रीय कार्यसमितिको बैठक बसेर सहमतिमा प्रधानमन्त्रीको साझा उमेदवारी घोषणा गर्ने बताएका छन्।
 

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले कांग्रेसमा अघिल्लो प्रधानमन्त्रीको उमेदवार वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलमध्ये कुनै एक नेता हुने भन्दै दुई नेतामा सहमति बन्न नसके तेस्रो ब्यक्ति पनि प्रधानमन्त्रीको उमेदवारी बन्ने दाबी गरे। उनले तेस्रो ब्यक्ति सभापति सुशील कोइराला हुन वा नहुन पनि सक्ने स्पष्ट पारे।

प्रधानमन्त्रीको अभिब्यक्ति सत्ता कब्जाको मनसायले आएको एक दलीय तानाशाहीपूर्ण अभिब्यक्ति भएको भन्दै केसीले त्यसविरुद्ध कांग्रेसले शसक्त आन्दोलन गर्ने र आन्दोलनको आधिबेहरीबाटै प्रधानमन्त्रीलाई हटाउने चेतावनी दिए।

उनले प्रधानमन्त्रीविरुद्ध शसक्त आन्दोलन गरेर राष्ट्रपतिलाई नैतिक बल प्रदान गरेर प्रधानमन्त्रीलाई पदमुक्त गराई छाड्ने दृढतासमेत ब्यक्त गरे।

उनले अब मुलुकमा फेरि संविधान सभाको निर्वाचन हुन नसक्ने भन्दै संसदीय निर्वाचनमै जानुपर्ने बताए। केसीले भने, 'संविधान निर्माणमा धेरै काम भइसकेको छ। पाँच प्रतिसतमात्रै काम बाँकी छ। त्यसका लागि अब अरबौ रुपैया खर्च गर्न सकिँदैन।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता