Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

प्रधानमन्त्री भट्टराईमा 'जङ्गबहादुरको प्रेत' सवार : एमाले नेता ओली

E-mail Print
(6 votes, average 2.83 out of 5)
काठमाडौं, असार १२- एमाले नेता केपी शर्मा ओलीले नयाँ निर्वाचन नभएसम्म आफ्नो राजीनामा नदिने अभिव्यक्ति प्रधानमन्त्री बाबुराम भट्टराईबाट आउनुलाई उनीभित्र 'जङ्गबहादुरको प्रेत' सवार भएको आरोप लगाएका छन्।

अजरबैजानमा सम्पन्न एसियाली राजनीतिक पार्टीहरूको सङ्गठन (आइक्याप) को स्थायी समितिको १७औं बैठकमा भाग लिएर आज स्वदेश फर्र्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता ओलीले अहिले कुनै जङ्गबहादुर या तानाशाहको युग नभएको बताए।

नेता ओलीले संविधान जारी हुन नसकी संविधानसभा विघटन भई राष्ट्रपतिले प्रधानमन्त्रीलाई अर्को व्यवस्था नभएसम्म कामचलाउ पत्र दिइसकेको अवस्थामा अब उनको राजीनामा माग्नु वा उनले दिन्न भन्दा त्यसैको पछि दगुर्नु आवश्यक नभएको पनि बताए

'अब प्रधानमन्त्रीले कहाँ राजीनामा दिने? कहाँ गएर स्वीकृत गर्ने?' ओलीले व्यङ्यपूर्ण शैलीमा प्रश्न गर्नुभयो, 'कामचलाउ प्रधानमन्त्रीले राजीनामा दिएको संसारमा कहीँ देख्नुभएको छ?'

राष्ट्रपति रामवरण यादवले स्वतः पदमुक्त भएको भन्ने पत्र गत जेठ १६ गते दिइसकेको सन्दर्भमा त्यसलाई कुरा नबुझेर प्रधानमन्त्री पदमा बस्नुभएको हुनसक्ने ओलीको टिप्पणी छ।

प्रधानमन्त्री भट्टराईले हिजो ब्राजिलबाट फर्कने क्रममा आफ्नो राजीनामा माग्नु दलहरूको 'बालहठ' भएको बताएका थिए।

यो सरकारले तोकेको संविधानसभाको निर्वाचन हुन नसक्ने ठोकुवा गर्दै अबको निकासका लागि संविधानको धारा ४३ अनुसार दलहरूको सहमतिको नयाँ सरकार गठन हुनुपर्ने, त्यसका लागि दलहरूले नयाँ प्रधानमन्त्रीको नाम तय गर्नुपर्ने वा राष्ट्रपतिले दलहरूलाई सहमतिको सरकार गठनका लागि आह्वान गर्ने विकल्पबाट अघि बढ्नुपर्ने उनको कथन थियो।

उनले आइक्यापअन्तर्गत सञ्चार र युवामञ्च गठनको तयारी भइरहेको पनि जानकारी दिए। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता