भण्डारीलगायत दर्जन पूर्वसभासद गृहमन्त्री विजयकुमार गच्छदार नेतृत्वको पार्टी छाडी नयाँ पार्टी गठनमा लागेका हुन्। भण्डारीका अनुसार सम्मेलनले पार्टीको नाम, झन्डा र भावी राजनीतिक कार्यदिशा पारित गर्नेछ। उनले आफूहरुले गठन गर्न लागेको नयाँ पार्टी समाजवादी सिद्धान्तलाई मूल नारा बनाई अघि बढ्ने बताए।
भण्डारीको दलसहित मधेसी जनअधिकार फोरम नेपाल टुक्रिएर बनेका पार्टी चारवटा हुनेछन्। उपेन्द्र यादव नेतृत्वको फोरम एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारलाई समर्थन गर्ने/नगर्ने विषयमा विवाद हुँदा दुई टुक्रा भएको थियो। त्यसपछि एक वर्ष अघि जयप्रकाशप्रसाद गुप्ताले फेरि फुटाएर मधेसी जनअधिकार फोरम गणतान्त्रिक बनाएका थिए।
