Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

बेलायती राज्य मन्त्री डंकन र दाहालबीच भेट

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार १३- नेपाल भ्रमणमा रहेका बेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री एलन डंकन र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ।
दाहालनिवास लाजिम्पाटमा भएको भेटमा समसामयिक राजनीतिक विषय, संविधानसभा विघटनपछिको अवस्था र सरकारद्वारा मंसिर ७ गतेका लागि घोषणा गरिएको निर्वाचन, बेलायती सहयोगलगायतका विषयमा छलफल भएको दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए।
राज्यमन्त्री डंकनले संविधानसभा विघटनपछि दलहरुबीच थप सहमति र सहकार्यको आवश्यकता औँल्याउँदै दाहाललाई सहमतिका लागि पहल सुरु गर्न आग्रह गरेका थिए । भेटमा डंकनले एमाओवादी पार्टी विभाजन र नवगठित पार्टीको गतिविधिबारे पनि जिज्ञासा राखेका थिए ।
जवाफमा आफूले दलहरुसँग छलफल सुरु गरिसकेको र चाँडै सहमतिमा पुग्न लागेको दाहालको भनाइ उद्धृत गर्दै खकुरेलले भने ।
भेटमा दुई देशको सम्बन्ध थप सुदृढ गर्ने तथा नेपाललाई बेलायतले प्रदान गर्ने सहयोग वृद्धि गर्ने लगायतका विषयमा समेत छलफल भएको थियो।
राज्यमन्त्री डंकन तीनदिने भ्रमणको क्रममा मङ्गलबार नेपाल आइपुगेका हुन् । (रासस)
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता