Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

प्रधान मन्त्रीको भनाइ नै पार्टीको : प्रवक्ता शर्मा

E-mail Print
(2 votes, average 5.00 out of 5)
काठमाडौं, असार १३ (नागरिक) - एकीकृत माओवादीका प्रवक्ता एवं शिक्षामन्त्री दीनानाथ शर्माले प्रधानमन्त्री बाबुराम भट्टराईले ब्राजिलबाट फर्केर एयरपोर्टमा दिएको अभिव्यक्ति नै पार्टीको बटमलाइन भएको बताएका छन्। 'प्रधानमन्त्री भट्टराईको भनाइबाट पार्टीमा कोही असन्तुष्ट छैन। अध्यक्ष प्रचण्ड असन्तुष्ट रहेको भन्ने कुरा हल्लामात्र हो,'
रिपोर्टर्स क्लबमा उनले भने - 'यो नै पार्टीको बटम लाइन हो। एयरपोर्टमा बोलेको कुराको पार्टीमा कहीँ कतै विरोध छैन।'
कांग्रेस-एमालेले जातीय पहिचानको संघीयतासहितको संविधानमा समर्थन जनाए र प्रधान मन्त्रीको विकल्प ल्याएमात्र भट्टराईले तत्काल राजीनामा दिने उनको भनाइ थियो।
'मुलुकलाई अस्तव्यस्त पारेर संवैधानिक संकट निम्तिने गरी प्रधानमन्त्री भट्टराईले राजीनामा दिँदैनन्,' उनले भने- 'विकल्प तयार नगरी सडकमा कुर्लिएको भरमा राजीनामा आउँदैन।'

'राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाउन सक्दैनन्, सहमतिका लागि आह्वान गर्न मात्र सक्छन्। संविधानका कुनै पनि धारामा त्यस्तो अधिकार छैन। राष्ट्रपतिबाट कुको अपेक्षा गरेका छैनौं। त्यसो भयो भने मुलुक दुर्घटनामा जान्छ,' उनले भने।

मन्त्री शर्माले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री र प्रचण्ड कोही बाधक नरहेको जिकिर गरे। साथै उनले सेना समायोजन विशेष समितिको बैठक असार १६ गते बस्ने र समायोजनको बाँकी प्रक्रिया अघि बढ्ने दाबी गरे।

कार्यक्रममा कांग्रेस नेता मिनेन्द्र रिजालले मुलुकलाई विमतिको बाटोमा धकेल्ने प्रधानमन्त्रीलाई बहिर्गमन नगरुन्जेल अहिलेको निकास ननिस्कने बताए।

'बाबुरामपथ भनेको हाम्रो बाटोमा आऊ सहमति हुन्छ भन्ने हो। कांग्रेस बाबुरामपथमा कदापि हिँड्दैन,' उनले भने- 'कामचलाउ प्रधानमन्त्रीले बोलाएको सेना समायोजन विशेष समितिको बैठकमा कांग्रेस, एमाले जाँदैनौं। बाबुराम सत्ता लम्ब्याउने नाटक रच्दै छन्।'

बाबुराम भट्टराई भन्ने नाम कपट र षड्यन्त्रको पर्यायवाची भएको आरोप रिजालले लगाए।

'प्रचण्ड र बाबुरामले सत्ता कब्जाका लागि नियोजित तरिकालेसंविधानसभा भंग गरेका हुन्। नयाँ चुनाव सत्तामा बसिरहने काइते दाउ हो,' उनले भने- 'यस्तै रहने हो भने हामी उनलाई पूर्व राजा ज्ञानेन्द्रको हालतमा पुर्‍याइदिन्छौं।'

सरकारको विकल्प दिन कांग्रेस तयार रहेको उनले बताए। 'प्रधानमन्त्री उम्मेदवारका रुपमा कांग्रेस सभापति सुशील कोइरालाको नाम अगाडि आउनु स्वाभाविक हो,' उनले भने- 'पार्टीले चाँडै निर्णय गर्छ।'

कार्यक्रममा एमाले नेता भीम रावलले यथास्थितिमा कामचलाउ प्रधानमन्त्रीले बोलाएको विशेष समिति बैठकमा एमाले सहभागी नहुने बताए।

'मुलुकमा जनप्रतिनिधिविहीन स्थिति सिर्जना गर्ने व्यक्ति प्रधानमन्त्री भट्टराई हुन्। उनले संविधानमा प्रधानमन्त्री हटाउने व्यवस्था नभएको जिकिर गरेका छन्, प्रधानमन्त्री बस्ने व्यवस्था पनि संविधानमा छैन,' रावलले भने- 'मै सबै हुँ भन्ने हठ त्यागेर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ अन्यथा जनताले सडकबाट बर्खास्त गरिदिन्छन्।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता