Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

पूर्व लडाकुलाई फकाउँदै संस्थापन पक्ष

E-mail Print
(0 votes, average 0 out of 5)
अमर खड्का, इटहरी, असार १४ - मोहन वैद्यको अध्यक्षतामा खुलेको नयाँ पार्टीमा जान रोक्न एकीकृत माओवादीले पूर्व लडाकुलाई सक्रिय गराउने अभियान थालेको छ। पूर्व लडाकुलाई सक्रिय गराउने अभियानसँगै माग पूरा गराई छाड्ने केन्द्रीय नेताले आश्वासन दिन थालेका छन्।

पूर्व लडाकुलाई सक्रिय गराउनका लागि क्षेत्रीय र जिल्लास्तरमा समिति गठन गरी अभियान थाल्न लागिएको हो। अभियायन अर्न्तगत माओवादीका पोलिटब्यूरो सदस्य तथा कोचिला राज्य इन्चार्ज हरिबोल गजुरेल र डिपुटी कमाण्डर चन्द्रप्रसाद खनाल (बलदेव) ले बुधबार इटहरीमा कार्यक्रम आयोजना गरी पूर्व लडाकुको भेला राखेर क्षेत्रीयस्तरको समिति गठन गरेका छन्।

सो क्रममा नेताद्वयले लडाकुलाई फुटको भ्रममा नलागन र पार्टीले चाडोभन्दा चाडो पूर्व लडाकुका माग पूरा गर्ने आश्वासन दिए। 'हामीले राखेका माग पार्टीले कुनै पनि हालतमा पूरा गर्ने आश्वासन दिनुभयो,' भेलामा सहभागी मौसमले भने।

पूर्वाञ्चल क्षेत्रका झन्डै एक सय ५० जना पूर्व लडाकुको सहभागिता रहेको भेलाले पासाङ् शेर्पाको संयोजकत्वमा पूर्वाञ्चलक्षेत्रीय स्तरीय पूर्व जनमुक्ति सेना संघ नेपाल गठन गरेको छ।

समिति गठनपछि आयोजित पत्रकार सम्मेलनमा अधिकांश पूर्व लडाकु पार्टी संस्थापन पक्षतिर रहेको दावी गरिएको थियो। 'आजको भेलामा प्रतिनिधीमूलक रुपमा सहभागी भएका थियौ, अब जिल्ला-जिल्लामा पनि पूर्व लडाकुलाई सक्रिय गराइनेछ,' संघका केन्द्रीय सदस्य डम्बर सुवेदीले भने। भेलामा पूर्व माओवादी लडाकुलाई राजनीतिक कामसँगै चुनाब भएमा त्यसमा परिचालन गर्ने निर्णय गरेको सार्वजनिक गरिएको छ।

बर्हिगनमा परेका पूर्व माओवादी लडाकु पूर्वेलीले भने संस्थापन पक्ष होस् वा मोहन वैद्यको अध्यक्षतामा गठन भएको नयाँ पार्टीले होस् आफ्ना माग पूरा नगरेसम्म कुनैमा पनि सक्रिय नहुने बताए। 'हामीलाई पुरै बेवास्ता गरिएकोमा के गर्ने भन्ने बिषयमा छलफल भइरहेको छ,' छलफलकै लागि काठमाडौमा रहेको जानकारी दिँदै भने, 'हाम्रो मुद्धाको टुङ्गो नलागेसम्म हामी कुनै पक्षमा पनि खुलेर लाग्दैनम्।' उनलाई पार्टीले बेवास्ता गरेकोमा असन्तुष्टी छ।

पहिलो डिभिजन इलामको चुलाचुलीबाट मात्र ८ सय ७६ जना अयोग्य लडाकु बाहिरिएका थिए। जसमा ४ सय ७६ जना विदाईका क्रममा बाहिरिएका थिए। अन्य भने त्यसअघि नै बाहिरिएका थिए। यीसँगै माओवादी लडाकुलाई शुरुमा शिविरमा राख्ने क्रममा वाइसिएल, सुरक्षा समितिसँगै अन्य विभिन्न नाममा निकालिएका लडाकु र स्वेच्छिक अवकास राजेका गरी प्रथम डिभिजन र दोस्रो डिभिजनका झन्डै दुई हजार पाँच सय लडाकु रहेको जानकारी दिइयो।

जसमा अयोग्य लडाकुले भने पार्टी र सरकारकै बिरोधमा आन्दोलन गर्दै आएकोमा संविधानसभा विघटनपछि रोकेका छन्। आयोग्य लडाकुको मुख्य माग आयोग्य बिल्ला खारेज, सरकारले प्रमाणीकरण गरी समायोजन गर्न र स्वेच्छिकमा जान लागेको लडाकु सो सरह सेवा-सुविधा दिनुपर्ने, पुर्नस्थापना खर्चको नाममा भएको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता