Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

'जनजातिलाई उक्साएको होइन'

E-mail Print
(1 vote, average 5.00 out of 5)
काठमाडौं, असार १४ (नागरिक)- बेलायती अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री एलान डंकनले डिएफआइडीलगायत बेलायती दाताले नेपालमा जातीय द्वन्द्व बढाउन जनजाति आन्दोलनकारीलाई उक्साएको भन्ने प्रचारको खण्डन गरेका छन्।

बुधबार लैनचौरस्थित बेलायती दूतावासमा पत्रकारहरूसँग कुरा गर्दै डंकनले सरकारले अघि सारेको समावेशी अभियानलाई टेवा पुर्‍याउन खोजेको जिकिर गरे। 'कुनै पनि नागरिक दोस्रो दर्जाको भएको हेर्न चाहँदैनौं,' दोस्रोपल्ट नेपाल आएका डंकनले भने, 'समावेशी समाज निर्माणका लागि हामीले दिँदै आएको सहयोगलाई पूर्ण रूपमा अघि बढाउँछौं।'

संविधानबिनै संविधानसभा विघटन भएको र संसद नभएको बेला आफ्नो भ्रमण भएको भन्दै डंकनले नेपालको राजनीतिक प्रक्रियालाई प्रभावित पार्न नआएको बताए। 'मैले राजनीतिक गतिरोध अन्त्य गर्न नेताहरूलाई आग्रह गरेको मात्रै हुँ,' उनले भने, 'किनकी यसको सम्बन्ध अस्थिर अर्थतन्त्र र आश्वस्त हुन नसकेका लगानीकर्तासँग जोडिएको छ।' संसद नभएका बेला सरकारले आफ्नो जवाफदेही अझै बढाउनुपर्ने उनको भनाइ थियो। दलहरूसँग सहमति गरी पूर्ण बजेट ल्याए सरकारलाई सहयोग गर्न दाताहरूलाई सजिलो पर्ने उनले बताए।

डंकनले बुधबारै राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री बाबुराम भट्टराई, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्री वर्षमान पुनलाई भेटी राजनीतिक अवस्थाबारे छलफल गरेका थिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता