Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

भण्डारीको नेतृत्वमा 'राष्ट्रिय मधेस समाजवादी पार्टी'

E-mail Print
(1 vote, average 5.00 out of 5)
काठमाडौं, असार १४ (नागरिक)-मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट राजीनामा दिएका नेताहरूले राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरेका छन्।बुधबारदेखि राजधानीको राष्ट्रिय सभागृहमा सुरु राष्ट्रिय भेलाले शरतसिंह भण्डारीको नेतृत्वमा नयाँ पार्टी गठन गरेको हो।

नयाँ पार्टीको औपचारिक घोषणा भने बिहीबार मात्र गरिने नेता प्रमोद गुप्ताले बताए। भेलाले पार्टीको झन्डा माथिल्लो भागमा सेतो र तल्लो भागमा हरियो रङ तय गरेको छ। झन्डामै हरियोबाट सेतो भागतिर तस्बिर हुनेछ। भेलाले नयाँ पार्टीको विधान र राजनीतिक दस्तावेज पारित गर्ने छ।


उद्घाटन सत्रमा बोल्दै भण्डारीले सत्ता, शक्ति र सुखसयल नै राजनीतिको अभीष्ट मान्ने प्रवृत्ति चिर्दै नयाँ विचार र अवधारणाअनुरुप पार्टी गठन हुने बताए। 'जुनसुकै मूल्य चुकाएर भए पनि अधिकारको लडाइँलाई अघि बढाउने मेरो चाहना हो,' उनले भने, 'तपाईंहरुका सहयोगी हात र आस्थाका शब्दले मलाई दृढ र उत्साही बनाएको छ।'
राजनीतिक जीवनमा हुरी बतास तथा आँधी आएन भने पट्यारिलो हुने बताउँदै मधेसको सपना साकार पार्न नयाँ पार्टी आवश्यक भएको बताए। संविधानबिनै संविधानसभा विघटन हुनुमा मधेसलाई झर्‍याङ बनाएर सत्तामा पुगेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार मुख्य दोषी भएको उनले आरोप लगाए। 'संविधानसभा आफैँले विकल्प खोज्नसक्ने सम्भावना हुँदाहुँदै पनि संविधानसभाको विघटन गराउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र खासगरी फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको भूमिका छ,' भण्डारीले भने, 'मधेशलाई पाँच प्रदेशमा टुक्रयाउने सर्वदलीय सहमति मान्ने र संविधान बन्ने प्रक्रियालाई अवरुद्ध नगर्ने गच्छदारजीको अभिव्यक्तिले उहाँभित्र सत्तालिप्सा देखियो, यसले मधेश र सिंगो देशकै राजनीतिलाई कुरुप बनाउने काम गर्‍यो।'

सत्ताकब्जाको पूर्वघोषित रणनीतिअन्तर्गत एकीकृत माओवादीले नियोजित र षडयन्त्रमूलक ढंगले संविधानसभा विघटन गराएको दाबी गरे। 'शान्ति प्रक्रियालाई लम्बेतान बनाउने, संविधानसभाको अवधिलाई बढाउँदै लैजाने र अन्ततः संविधानसभा नै विघटन गराउने एकीकृत माओवादीको नियत ठिक देखिएन,' उनले भने, 'उसको नियतलाई सत्तामा टिक्नका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरूले भरथेग गरे।'
सम्मेलनमा २७ जिल्लाका ३ हजार प्रतिनिधि सहभागी भएका आयोजकले बताए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता