प्रधानमन्त्री दाहालसँग आक्रोसित

Thursday, 28 June 2012 09:18 नागरिक
Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार १४ (नागरिक)- प्रधानमन्त्री भट्टराईको सरकार नछाड्ने आक्रोशपूर्ण अभिव्यक्तिप्रति माओवादी अध्यक्ष पुष्पकमल दाहाल नै झस्किएको उनी निकट नेताहरुको भनाइ छ। पार्टीभित्र छलफलै नभएको विषयलाई अध्यक्षले प्रधानमन्त्रीको राजीनामा गराउँछु भनी चार दलको बैठकमा प्रतिबद्धता जनाएपछि भट्टराई अध्यक्षप्रति नै आक्रोशित भएका हुन्।


स्रोतका अनुसार भट्टराई पक्षीय नेताहरुले अध्यक्ष दाहालको प्रधानमन्त्रीबाट राजीनामा गराउँछु भन्ने चार दल बैठकमा दिएको अभिव्यक्ति उनी ब्राजिल हुँदै प्रवाह गरेका थिए। त्यसकै आक्रोशमा भट्टराईले राजधानी आएलगत्तै अध्यक्षलाई लक्षित गरी नयाँ चुनाव भएर संविधान जारी भएपछि मात्रै राजीनामा गर्ने घोषणा गरेका हुन्।