Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

बाबुरामले नमानेपछि सङ्कटकाल लगाउन सकिएन : कङ्ग्रेस नेता देउवा

E-mail Print
(2 votes, average 3.00 out of 5)
काठमाडौं, असार १४ (नागरिक)- कङ्ग्रेस नेता शेरबहादुर देउवाले आफूले सङ्कटकाल लगाएर भए पनि समय थपौं अनि संविधान जारी गरौं भनेको बताएका छन्। तर अरुले माने पनि बाबुराम भट्टराईले नमानेका कारण यो प्रस्ताव सफल हुन नसकेको भनाई पनि उनको थियो।
सुरुमा अरुले अनेक अडान राख्थे। ढिलो छिटो सहमति गर्नुको विकल्प थिएन। त्यसका लागि अलोकप्रिय भए पनि सङ्कटकालको विकल्प छान्नुपर्थ्यो तर पनि सुरुमा त कोही मानेनन्- उनको भनाई थियो।

आफूले प्रचण्डलाई बहादुर भन्नुको कारण बताउँदै उनले भने- युद्धविराम घोषणा गरेपछि कहीँ गोली त के गुलेली पनि चलेन। बाघको घोडा चढ्न सजिलो होला, उत्रन गाह्रो हुन्छ। गोलीको कुरा पनि त्यस्तै हो। म बाबुराम र अरु नेताको कुरा गर्दिनँ, प्रचण्डमा त्यो अचम्मको बहादुरी थियो। अहिले त माओवादी फुटिहाल्यो। मैले के भन्ने र!

उहाँहरु भिन्न पृष्ठभूमिबाट भिन्न प्रतिबद्धता बोकेर आउनुभएको थियो। तामाङ, लिम्बू, गुरुङ, थारु मधेस आदिलाई आ-आफ्नै प्रदेश दिने आश्वासन दिनुभएको थियो। अहिले चाहेर पनि अडान छोड्न गाह्रो भइरहेको छ- स‌ंविधान बन्न नसक्नुको दोष कसलाई जान्छ भन्ने प्रश्नको उत्तर थियो देउवाको।

शेरबहादुर देउवासँगको विस्तृत अन्तर्वार्ता शुक्रबारको नागरिक दैनिकमा
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता