Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

सरकार सहमतिका लागि तयार छ- सञ्चारमन्त्री यादव

E-mail Print
(0 votes, average 0 out of 5)
भक्तपुर, असार १४- सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले राष्ट्रिय समस्या समाधान गर्न सहमतिको विकल्प नभएको बताएका छन् । जिविस भक्तपुरको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आज आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा उनले सहमतिका लागि सरकार तयार रहेको बताए ।

देशको राजनीति अहिले दुई कित्तामा विभाजित भएको छ भन्दै उनले सरकारमा रहेका दलहरु अग्रगमनलाई स्वीकार्ने, परिवर्तनलाई आत्मसात् गर्ने कित्ता रहेको र अर्को यसलाई स्वीकार नगरी सत्ता मात्र खोज्ने कित्ता रहेकोले समस्या भएको उल्लेख गरे ।
अहिले दलहरुबीच सहमति आवश्यक भएकोमा जोड दिँदै मन्त्री यादवले भने, ‘सत्ता बाहिर रहेका पार्टीहरु देशलाई निकास दिनभन्दा पनि सहमतिको नाममा सरकार र सत्ता मात्र खोजिरहेका छन् । सहमतिका नाममा सत्ता केन्द्रित सोचले सहमति हुन सक्दैन।'
मन्त्री यादवले श्रमजीवी पत्रकार ऐन लागु गराएरै छाड्ने बताउँदै पत्रकारिताको गुणस्तर बढाउन सरकारले पत्रकारिता रिसर्च एन्ड ट्रेनिङ सेन्टर बनाउने कार्य सरकारले अगाडि बढाएको बताए ।
त्यसैगरी २५ वर्ष पत्रकारिता गर्ने व्यक्तिलाई खाली हात जान नपरोस् भनेर सरकारले पत्रकारिता कल्याणकोष स्थापना गर्न लागेको र त्यसैबाट पत्रकारलाई पेन्सन दिने व्यवस्था गर्न लागेको उनले जानकारी दिए । ‘पत्रकारमाथि पटकपटक आक्रमण भइरहेकाले सरकारले पत्रकारको जीवन बीमा र पत्रकारको सवारीसाधन, क्यामरालगायतका प्राविधिक सामानको समेत बीमाको व्यवस्था गर्न लागेको छ,' उनले भने ।
उनले मजदुर दैनिकका प्रधानसम्मादक विष्णुगोपाल कुसीलाई रु पाँच हजार र ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरे ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारीले पत्रकारलाई अझै पनि नियुक्ति पत्र नदिई काममा लगाइरहेको र श्रमजीवी ऐन अझै पनि लागु हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसीले पत्रकारको विकासका लागि जिविसले सहयोग गर्ने बताए । रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता