पार्टी सभापति कोइरालालाई आफ्नै पूर्वसभासद्को ज्ञापनपत्र

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौँ, असार १४ - नेपाली काँग्रेसका निवर्तमान सभासद्हरूको एउटा समूहले आज पार्टी सभापति सुशील कोइरालालाई भेटी संविधानसभा पुनःस्थापनाका लागि पहल गर्न आग्रह गरेको छ। मोहन पाण्डे, जीवनप्रेम श्रेष्ठ, आइबी गुरुङ, जिपछिरिङ लामालगायत ३० भन्दा बढीको सङ्ख्यामा रहेका पूर्व सभासद्ले यस्तो माग गरेका हुन्।

पार्टी सभापतिसामु ज्ञापनपत्र बुझाउँदै मुलुकमा पुनः संविधानसभाको निर्वाचन हुनसक्ने परिस्थिति नरहेको वर्तमान समयमा संविधानसभा पुनः स्थापना हुनुपर्ने माग गरिएको छ।

ज्ञापनपत्र बुझ्दै सभापति कोइरालाले आफूले सो एजेण्डालाई केन्द्रीय समितिको बैठकमा राख्ने बताए। उनले पार्टीले सहमतिबाट मात्र वर्तमान राजनीतिक अन्योलताको निकास निकाल्न सक्ने धारणाकासाथ अन्य दलसँग औपचारिकरुपमा सम्वादको प्रक्रिया अगाडि बढाइसकेको बताए।

सहमतिका आधारमा अगाडि बढ्दा उपयुक्त विकल्पमा जान तयार रहेको उल्लेख गर्दै उनले भने - 'सङ्कटमा सधैँ काँग्रेसले निकास दिएको इतिहास छ, यसपटक पनि हामीले सहमतिका आधारमा निकास दिनेछौँ, यसमा सबै साथीहरूको साथ चाहिन्छ।'

पार्टी सभापति कोइरालाले मुलुकको वर्तमान राजनीतिक सङ्कट अन्त्यका लागि आफूले पहल गरिरहेको स्पष्ट पार्दै प्रधानमन्त्रीद्वारा असंवैधानिकरुपमा घोषणा गरिएको निर्वाचन र त्यसपछि प्रधानमन्त्रीले दिएको पछिल्लो अभिव्यक्ति एक किसिमको संवैधानिक 'कू' भएकोसमेत दाबी गरे।

ज्ञापनपत्र बुझाउँदै पूर्वसभासद् पाण्डेले संविधानसभाको पुनः स्थापनाका लागि काँग्रेसका ७८ जना सभासद्हरूले हस्ताक्षर गरिसकेको र बाँकी सभासद्समेत त्यसका पक्षमा रहेकाले राजनीतिक सङ्कट समाधानका लागि संविधानसभाको पुनःस्थापना मात्र विकल्प भएको बताएका थिए।- रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता