गृह जिल्लामा दाहाललाई पुरानाको, बादललाई नयाँको साथ

E-mail Print
(0 votes, average 0 out of 5)
रमेशकुमार पौडेल, चितवन, असार १५- राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका माओवादी नेताहरु पुष्पकमल दाहाल 'प्रचण्ड' र रामबहादुर थापा 'बादल'ले चितवनबाट सँगैसँगै राजनीति सुरु गरे। अहिले पार्टी अध्यक्ष दाहाललाई छाडेर बादलले वरिष्ट नेता मोहन वैद्य किरणलाई रोजे। पार्टी विभाजन भएपछि दाहालले गृह जिल्लामा बादल जस्ता पुराना सहयोगी खासै गुमाउन परेको छैन। वैद्य समूहमा जानेहरुमा नयाँको बाहूल्य छ। 

 
'हाम्रोमा जनयुद्धको सुरुवात सँगै संगठनमा लागेका साथीहरुको बाहुल्य छ' मोहन वैद्य किरणको नेतृत्वमा गठन भएको नेकपा (माओवादी) चितवन क्षेत्र नम्बर तीनका इन्चार्ज नारायण शर्मा विपिनले बताए। सो पार्टीको जिल्ला इन्चार्ज शोभा कट्टेल जनयुद्ध सुरु भएपछि संगठनमा लागेकी व्यक्ति हुन्। नयाँ पार्टीलाई वाईसीएल जिल्ला नेतृत्वले पनि साथ दिएको छ।

वाइसीएलका जिल्ला अध्यक्ष शसक्तशरण गोलेसहित उपाध्यक्ष र सचिव वैद्यको पार्टीमा लागेका छन्। एकीकृत नेकपा (माओवादी) का जिल्ला सह सेक्रेटरी ओबनाथ पाण्डे भन्छन् 'एकीकृत हुँदा पार्टीको जिल्ला समिति १८१ जनाको थियो। त्यसमध्ये ५५ जना जति वैद्य पक्षमा लागे। युवा पंक्ति, मजदुर र विद्यार्थीको आकर्षण त्यो समूहमा देखियो।' 'पार्टी फुटपछि समग्र संगठानिक संरचनामा रहेका ३० प्रतिशत साथीहरु उता लागेको देखिन्छ' एकीकृत माओवादीका अर्का सह सेक्रेटरी यामबहादुर परियारले बताए। जिल्ला सह इन्चार्जहरु ठाकुर ढकाल र घननाथ दाहाल 'अविनास', सह सेक्रेटरी, पाण्डे र परियारले पार्टी छाडेनन्। दाहल, ढकाल र परियार पुराना नेताको रुपमा चिनिन्छन्।

एकीकृत माओवादीका जिल्ला इन्चार्ज अनिल शर्मा बिरही बैद्य पक्षमा गए। उनी तत्कालीन एकताकेन्द्र परित्याग गरेर विस २०५३ सालमा माओवादीमा प्रवेश गरेका थिए। तर पछिल्लो पटक पार्टी एकीकरण भएर माओवादीमा आएका तत्कालिन एकताकेन्द्रका चितवनका सबै नेताहरुले एकीकृत माओवादीलाई छाडेका छैनन्।

वै4द्य पक्षलाई समर्थन गर्नेमा चितवनका पुरना व्यक्ति जगतबहादुर श्रेष्ठ देखिएका छन्। खम्बासिंह कुँवर पनि आफ्नो पार्टीमा रहेको नवगठित माओवादी चितवनका नेताहरु बताउँछन्। तर सिद्धान्तका कारण बैद्यलाई मन पराए पनि व्यवहारिकरुपमा कुवँरले पुष्पकमललाई छाड्न नसक्ने एकीकृत माओवादी पक्षका नेताहरुको भनाइ छ।

त्यस्तै चितवनका पुराना नेता खुसिराम पाखि्रन पनि बैद्य समूहमा छन्। नयाँ पार्टी गठन भएपछि बैद्य समूहले पार्टीको पुरानो कार्यालयलाई नै आफ्नो कार्यालय बनाएको छ। 'इतिहासमा जे जति फुट भए पार्टीको सम्पत्ति बहुमत जता छ त्यतै हुन्छ। तर साथीहरुले यहाँ यो कुरालाई नकार्नु भएको छ। पछि कुरा बुझेर कार्यालय छाड्नु हुन्छ होला' एकीकृत माओवादीका सह सेक्रेटरी परियारले भने।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता