पुनर्स्थापनामा कांग्रेसका ७८ पूर्व सभासदको हस्ताक्षर

E-mail Print
(1 vote, average 1.00 out of 5)
काठमाडौं, असार १५ (नागरिक)- संविधानसभा पुनर्स्थापनालाई पार्टीको मुख्य एजेन्डा बनाउन माग गर्दै कांग्रेसका ७८ पूर्व सभासदले पार्टी सभापति सुशील कोइरालालाई हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छन्।

बिहीबार साँझ कोइराला निवास महाराजगन्ज पुगेको पूर्व सभासद टोलीले राजनीतिक र संवैधानिक संकट समाधानको एउटा मात्रै बाटो संविधानसभा पुनर्स्थापना भएको निष्कर्ष निकाल्दै पार्टीलाई औपचारिक निर्णय गर्न दबाब दिएको हो।
अहिले सरकारभन्दा मुलुकको राजनीतिक संकट मुख्य भएकाले संविधानसभा पुनर्स्थापनाको एकल माग बनाएर अघि बढ्न लिखित माग गरेको पूर्व सभासद मोहन पाण्डेले जानकारी दिए।
संविधानसभा पुनर्स्थापनाको विपक्षमा रहेका कोइराला पनि पछिल्लो समय राजनीतिक संकट अनिश्चितकालसम्म लम्बिने भन्दै त्यसमा सकारात्मक देखिएका छन्। कांग्रेसभित्र वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले संविधानसभा पुनर्स्थापना नै उपयुक्त विकल्प भएको धारणा राख्दै आएका छन्।
हस्ताक्षरकारी पूर्व सभासदलाई कोइरालाले वर्तमान सहमतिको आधार पुनर्स्थापना हुन सक्ने जनाए। 'पुनर्स्थापना सहमतिको आधार हुन सक्छ, म यसमा सकारात्मक छु,' कोइरालाको भनाइ उद्धृत गर्दै पाण्डेले भने, 'औपचारिक निर्णयका लागि चाँडै नै केन्द्रीय समिति बैठकमा पेस गर्छु।'
पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेमा कोइराला, देउवा र पौडेल तीनै नेता नजिकका सभासद छन्। कोइरालालाई बुझाएको ज्ञापनपत्रमा जीवनप्रेम श्रेष्ठ, कमला पन्त, मोहन पाण्डे, जिपछिरिङ लामा, ध्यानगोविन्द रञ्जित, तीर्थराम डंगोल, अम्बिका बस्नेत, तुलसी सुब्बा, पासाङ शेर्पा, हिरा गुरुङलगायत ७८ जनाको हस्ताक्षर छ।
यसअघि उनीहरुले राष्ट्रपति रामवरण यादवलाई पनि संविधानसभा पुनर्स्थापनामा पहल गर्न माग गर्दै हस्ताक्षर बुझाएका थिए।
अध्यादेशमार्फत बजेट र संविधान संशोधनको भने कांग्रेसले कडा विरोध गर्नुपर्ने पूर्व सभासद्हरुको माग छ। 'अध्ययादेशमार्फत संविधान संशोधन गरियो भने मुलुका अत्यन्त नराम्रो नजिर बस्छ,' पाण्डेले भने, 'सबै समस्याको निकासका लागि पुनर्स्थापना एउटै विकल्प हो।'
संविधान निर्माणका विवादित विषयलाई टुंगो लगाएर संविधान पारित गराउन मात्रै पुनर्स्थापना गर्न सकिने धारणा पनि पूर्व सभासदहरुले राखेका छन्। चुनाव हुने कुनै सम्भावना नभएको औंल्याउदै उनीहरुले जतिसक्दो चाँडै पुनर्स्थापनाको निर्णय गरेर अन्य दलसँग छलफल थाल्न पार्टीलाई सुझाएका छन्।
कांग्रेसमा संविधानसभा पुनर्स्थापनाको निर्णय गर्न दबाब पर्न थालेपछि कोइरालाले केन्द्रीय समितिमा छलफल गरेर टुंगो लगाउने प्रतिबद्धता जनाएका हुन्। यसअघि कोइरालाले पुनर्स्थापनाले निकास दिन नसक्ने भन्दै त्यसलाई अस्वीकार गरेका थिए।
कोइरालासँग पूर्व सभासदहरुले यथास्थितिमा सरकार परिवर्तनले मात्रै कुनै निकास ननिकाल्ने औंल्याउँदै मुलुकको संकटलाई मुख्य एजेन्डा बनाउनसमेत आग्रह गरेका छन्। 'मुलुक जटिल कानुनी र राजनीतिक संकटमा फँसेका बेला सरकार परिवर्तनभन्दा पनि संकट समाधानलाई पार्टीले मुख्य एजेन्डा बनाउनु पर्छ भन्ने हाम्रो धारणा हो,' पाण्डेले भने, 'केही दिनमै पार्टीले यसलाई स्वीकार गर्छ भन्ने हामीलाई विश्वास छ।'
ज्ञापनपत्र बुझाउने क्रममा पूर्व सभासद टोलीले एकीकृत माओवादीभित्र पनि पुनर्स्थापनाको दबाब पर्न थालेको बताउँदै कांग्रेसले चाँडै निर्णय गरी नेतृत्व गर्नुपर्ने धारणा राखेको थियो। पुनर्स्थापनाले अर्को पार्टी गठन गरेको मोहन वैद्य समूह संसदीय दलमा ४० प्रतिशत सभासद नपुग्दा एकतामा आउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल पक्षको आँकलन छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता