एनेकपा (माओवादी)सँगको सम्बन्धविच्छेद स्वभाविक- वैद्य

E-mail Print
(1 vote, average 1.00 out of 5)
काठमाडौँ, असार १५- नेकपा -माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा (माओवादीसँग)को सम्बन्धविच्छेदलाई स्वाभाविक रुपमा लिन आग्रह गरेका छन्। मूल नेतृत्व रुपान्तरण हुन तयार नभएपछि एकीकृत नेकपा (माओवादी)सँग सम्बन्धविच्छेद गर्दै नयाँ पार्टीको जन्म भएको उनले बताए।

इच्छुक सांस्कृतिक प्रतिष्ठानको भवनको आज शिलान्यास गदै वैद्यले एकता, सङ्घर्ष, रुपान्तरण र सम्बन्धविच्छेद मार्क्सवादी मान्यताअनुरुप मूल नेतृत्व रुपान्तरण हुन तयार नभएको बताए।

उनले नेकपा माओवादीको जन्मलाई नयाँ अध्यायको संज्ञा दिंदै कृष्णसेन इच्छुकजस्ता महान योद्धाहरुको अधुरो सपना पूरा गर्न आफूहरुले नयाँ पहलकदमी लिएको र अहिलेको राजनीतिक सङ्कटलाई निकास दिन पनि क्रान्तिकारी पार्टीको जन्म अनिवार्य रहेको प्रष्टयाए।

उनले भने- 'इच्छुकलाई सम्झनु र उहाँको नाममा प्रतिष्ठान खोल्नु भनेको ऐतिहासिक कार्य हो, प्रतिष्ठानलाई बृहत् अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्छ।'

सेनजस्तै ढुक्कसँग बाँच्न सक्ने र ढुक्कसँग मर्न सक्ने मात्रै सच्चा क्रान्तिकारी हुन सक्ने उनको भनाइ थियो।

जनादेश साप्ताहिकका सम्पादक इच्छुकलाई तत्कालीन राज्यपक्षले नियन्त्रणमा लिईसकेपछि २०५९ जेठ १३ यातना दिएर हत्या गरेको थियो। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता