प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मधेसी मोर्चाको पनि असहमति छः मन्त्री महतो

E-mail Print
(3 votes, average 3.67 out of 5)
काठमाडौँ, असार १५- सदभावना पार्टीका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले प्रधानमन्त्री बाबुराम भट्टराईले त्रिभुवन विमानस्थलमा दिएको अभिब्यक्तिप्रति मधेसी मोर्चाकोसमेत असहमति रहेको बताएका छन्। ब्राजिल भ्रमणबाट फर्केपछि प्रधानमन्त्रीले निर्वाचनबाट अर्को संसद नबनेसम्म राजीनामा नदिने बताएका थिए।


रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उनले अबको एक/डेढ महिनाभित्र राष्ट्रिय सहमतिको नयाँ सरकार बन्ने र सहमतिको सरकार बन्नुअघि नयाँ संविधान बनाउने विषयमा सहमति हुनसक्ने बताए।

मन्त्री महतोले भने- 'सङ्घीयतासहितको संविधानमा सहमति बनेपछि मात्रै नयाँ सरकार बन्छ, त्यस्तो सरकार बनाउन हुने सहमतिका लागि कुनैपनि दल र नेता बाधक बन्न हुँदैन।'

उनले कामचलाउ भइसकेको सरकारको राजीनामा माग्नुभन्दा सहमतिका लागि प्रयाश गर्नुपर्नेमा जोड दिए।

'राजीनामा माग्ने होइन बरु दलहरूले सहमतिको प्रधानमन्त्री खोज्ने हो,' उनले भने- 'दलहरूले सहमति जनाएपनि नजनाएपनि सरकारले आफ्नो अधिकार प्रयोग गरेरै भएपनि अध्यादेशमार्फत पूर्णबजेट ल्याउँछ।'

आगामी मङ्सिरमा निर्धारण गरिएको निर्वाचनका लागि संविधानका केही बुँदा संशोधन गरेर जानुपर्ने भएकाले मङ्सिरमा निर्वाचन हुनेमा आशङ्का छ भन्दै मन्त्री महतोले सहमति गरेर निर्वाचनका लागि आवश्यक पर्ने संविधानका धारा संशोधन गरेर जानुपर्नेमा जोड दिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता