शान्ति निर्माण कोषलाई थप ७२ करोड

E-mail Print
(0 votes, average 0 out of 5)
सुरेन्द्र पौडेल, काठमाडौं, असार १६ - संयुक्त राष्ट्रसंघीय शान्ति निर्माण कोषले नेपाललाई थप ८० लाख अमेरिकी डलर (झण्डै ७२ करोड रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराएको छ। शुक्रबार उक्त रकम नेपालको लागि निकासा गरेको कोषले जनाएको छ।
 

निकासा रकमको प्रबन्ध-व्यवस्थापन नेपाल सरकार, राष्ट्रसंघ र दातृ निकायहरुको निगरानीमा नेपालस्थित राष्ट्रसंघिय शान्ति कोषले गर्नेछ। शान्तिलाई सुदृढ तुल्याउने बिभिन्न क्षेत्रमा उक्त रकम खर्च गरिने छ।

'शान्ति सुव्यवस्थासम्बन्धी आवश्यक कार्यमा सुधार ल्याउ, अदालत, संवाद तथा नेतृत्व र महिला तथा द्वन्द्व पीडित बालबालिकाहरुका आवश्यकता सम्बोधन गर्ने राष्ट्रिय प्रयासहरुलाई थप मजबुत बनाउन रकम खर्च गरिने छ,' कोषद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ।

'शान्ति प्रक्रियाका सबैभन्दा कठिन र संवेदनशील मुद्दाहरुमध्ये केही नेपाल सामू अझै पनि विद्यमान छन्,' विज्ञप्तिमा नेपालका लागि राष्ट्रसंघका आवासयि प्रतिनिधि रोबर्ट पाइपरले भनेका छन्, 'यो अनिश्चित मोडमा हामी यस सहयोगलाई शान्ति निर्माण प्रक्रिया अगाडि बढाउन मद्दत पुर्‍याउने कार्यक्रमहरुतर्फ लक्षित गर्नेछौं।' विज्ञप्तिमा पाइपरले जेठ महिनामा भएका घटनाक्रमहरुले सम्भावित जोखिमबाट बच्ने तरिका सोच्न र काम गर्न स्मरण गराएको समेत बताएका छन्।

नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति निर्माण कोषबाट सहयोग प्राप्त गर्ने सक्ने घोषणा राष्ट्रसंघका महासचिव बान कि मुनले सन् २००७ को डिसेम्बरमा गरेका हुन्। निकासा भएको एक करोड अमेरिकी डलर बराबरको पहिलो सहयोग रकम युवा रोजगार, द्वन्द्व प्रभावित बालबालिका, घुम्ती स्वास्थ्य शिविर, लडाकु शिविर भित्र स्वास्थ्य सेवासम्बन्धी कार्यक्रम र माओवादी सेनाका शिविरहरुमा रहेका नाबालिगहरुका रिहाईका लागि लक्षित गरिएको थियो।

कोषले हालै मात्र नेपालमा सञ्चालन हुने लैङि्गक मद्दासम्बन्धी नयाँ कार्यक्रमका लागि ९ लाख अमेरिकी लडर विनियोजन गरेको थियो। शुक्रबार निकास भएको सहायता सहति नेपालमा संयुक्त राष्ट्रसंघिय शान्ति निर्माण कोषबाट हालसम्म विनियोजित रकम झण्डै एक करोड ९० लाख अमेरिकी डलर पुगेको छ।

'अल्पकालीन मुद्दाहरुमाथि तात्कालिक रुपमा केन्द्रित हुनुका अतिरिक्त द्वन्द्वका अन्तर्निहित कारकतत्वहरुलाई सम्बोधन गर्न नेपाललाई शान्ति निर्माणमा मध्यकालीन र दीर्घकालीन लगानीको आवश्यकता रही रहनेछ,' विज्ञप्तिमा शान्ति निर्माण सहयोगसम्बन्धी राष्ट्रसंघका सहायक महासचिव जुडी चेङ्ग हप्किन्सले भनाई उद्वृत गरिएको छ, 'हामी हाम्रो सहयोग नेपालको शान्ति प्रक्रियाको गति सिर्जना गर्ने परियोजनाहरुमा परिचालित होस् भन्ने चाहन्छौं।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता