कोइराला-महतो भेट

E-mail Print
(0 votes, average 0 out of 5)

काठमाडौं, असार १६ (नागरिक) - कांग्रेस सभापति सुशील कोइरालाले शुक्रबार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग भेट गरेका छन्। कोइराला निवास महाराजगन्जमा भएको भेटमा सरकारले एकलौटी घोषणा गरेको चुनावपछि उब्जिएको राजनीतिक र संवैधानिक जटिलताबारे छलफल भएको थियो।

 
राजनीतिक संकट समाधानका लागि मधेसी दलहरूलाई पहल गर्न कोइरालाले आग्रह गरेका थिए। महतोले कांग्रेस-एमालेले माग्दै आएको प्रधानमन्त्रीको राजीनामाले संकट समाधान नहुने बताउँदै वैकल्पिक उपाय खोज्नुपर्ने बताएका थिए। 'सरकार कामचलाउ भइसकेको अवस्थामा प्रधानमन्त्रीको राजीनामा माग्दै कांग्रेस-एमालेले आन्दोलन गर्न मिल्दैन,' महतोले संवाददाताहरूसँग भने, 'नयाँ सहमतिका लागि पहल गर्न कांग्रेस सभापतिलाई आग्रह गरेको छु।'

वर्तमान संकट समाधानका लागि कांग्रेसले अग्रसरता लिने केन्द्रीय समितिले निर्णय गरेपछि दलहरूसँग कोइरालाले छलफल सुरु गरेका हुन्। बिहीबार उनले तराई मधेस लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्त ठाकुरसँग भेट गरेका थिए। यसअघि कांग्रेसकै पहलमा संविधानसभा विघटनपछि पहिलोपटक कांग्रेस, एमाले, माओवादी र मधेसी मोर्चाको बैठक बसेको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता