सहमतिका लागि प्रम बाधक बन्नु हुँदैन : नेता केसी

Friday, 29 June 2012 21:47 नागरिक
Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार १५ - नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री बाबुराम भट्टराई बाधक बन्न नहुने बताएका छन्। बिपी कोइराला युवा नेतृत्व विकास मञ्चद्वारा आज आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री भट्टराईले राजीनामा दिई सहमतिका लागि मार्गप्रशस्त गर्नुपर्ने बताए।

नेता केसीले वर्तमान राजनीतिक सङ्कट समाधानका लागि नेपाली काँग्रेसले पहल गरिरहेको र विभिन्न दलसँग वार्ता सुरु गरिएको जानकारी दिए।

मञ्चका अध्यक्ष निलकण्ठ रिजालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अर्का केन्द्रीय सदस्य गगन थापाले संविधानसभाबाट संविधान जारी गर्ने अवस्था हुँदाहुँदै वर्तमान सरकारले नयाँ निर्वाचन घोषणा गरी सत्ता लम्ब्याउने खेलमा लागेको आरोप लगाए।- रासस